प्रतिष्पर्धीको हत्यामा दोषी ठहर भएका पर्वतको भोर्लेका पुर्ब गाबिस अध्यक्ष १३ बर्षपछि पक्राउ


पर्वत/ चुनाबमा आफ्नै प्रतिष्पर्धीको हत्या मुद्दामा दोषी ठहर भएका तत्कालिन गाउँ बिकास समितिका अध्यक्ष १३बर्ष पक्राउ परेका छन ।
ज्यान मुद्दामा दोषी ठहर भएका पर्वतको साविक भोर्ले गाउँ बिकास समितिका अध्यक्ष डबिन गुरुङ पक्राउ परेका हुन ।

गुरुङलाई सर्बोच्च अदालतले २०६६ फागुन ३ गते कर्तब्य ज्यान “सम्बन्धी कसुरमा ८ बर्ष २ महिना २३ दिन कैद सजाय तोकेको थियो । सर्वोच्चको फैसलापछि हाल सम्म फरार रहेका गुरुङलाई घरमा लुकिछिपी बसेको अबस्थामा इलाका प्रहरी कार्यालय हुवासले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पर्बतको साबिक पैयु गा.वि.स.वडा न.७ भोर्ले घर भएका गुरुङ नेपाली कांग्रेसबाट भोर्ले गाबिसको अध्यक्ष थिए । गाबिसको अध्यक्ष भएका बखत गुरुङले सोही गाबिसमा आफुँ संग अध्यक्ष पदमा प्रतिष्पर्धा गरेका नेकपा(एमाले)का बिर्खबहादुर गुरुङको हत्या गरेका थिए । गुरुङलाई फागुन १६ गते पक्राउ गरि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
२०५४ को स्थानिय चुनाबमा अध्यक्ष पदमा संगै प्रतिष्पर्धा गरेका एमालेका अध्यक्ष पदका उमेदवार बिर्खबहादुरको हत्या अभियोगमा जेल सजाय पाईरहेका गुरुङलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले आममाफी दिएको थियो तर सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि उनी फरार रहँदै आएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो