फलेबासमा स्वास्थ्य शिबिर, पहिलो दिनमा नै एक हजार बढीको निशुल्क स्वास्थ्य परिक्षण

पर्वत/ जैमुनी नगरपालिका–६ जैदीकी रिता थापा हात खुट्टा तथा ढाड दुख्ने समस्याले ग्रसित थिईन । उनलाई हिँड्न डुल्न तथा उठ्न बस्न समेत गाह्रो हुँदै गएको थियो । विगत ३ बर्षदेखि उक्त समस्याले ग्रसित थापा आर्थिक अभाव र घरायसी समस्या कारण रोगलाई दबाएर बस्न बाध्य थिईन । उपचारका लागि गाउँका स्वास्थ्य क्लिनिकहरुले पोखरा वा काठमाडौँ जान सुझाव दिँदै आएका थिए । छिमेकी जिल्ला पर्वत फलेवासमा काठमाडौँका विशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविर संचालन हुने सुचना पाएर आएकी थापाले चेकजाँच सहित निशुल्क औषधी उपचार पाएपछि आधा रोग अहिले नै ठिक भएजस्तोे महसुस भएकोे उनको भनाई छ ।

फलेवास नगरपालिका–६ देविस्थानका ८१ बर्षिय देविप्रसाद भुषाल पनि थापा जस्तै रोगले ग्रसित भएको ६ बर्षि भयो । हात खुट्टा भतभती पोल्ने र दुख्ने समस्याबाट पीडित बनेका भुषाल डाक्टरहरुबाट पाएको परामर्श र निशुल्क औषधी उपचारले ठिक हुनेमा आशावादी छन् । उनी भन्छिन्, ‘काठमाडौं जान दुई तीन दिन लाग्थ्यो, यहिँ डाक्टर आए राम्रो भयो ।’
थापा र भुषाल जस्तै फलेवास नगरपालिका–७ की लिमिठानाकी पुतली वि.क दाँत दुखेर रातभरि नसुतेको हप्ता दश दिन भयो । दाँत दुख्ने समस्याले हैरान परेकी पुतलीले स्वास्थ्य शिविरबाट राम्रो उपचार पाएको बताईन । ‘दाँत दुखेर सुतेकी थिईन, शिविरमा आउँदा पनि दाँत दुखेको थियो, डाक्टरहरुले आधा घण्टा लगाएर उपचार गरेपछि सन्चो भएको छ र औषधी पनि दिनुभएको छ, पुतलीले भनीन् ।’
उमेरले ४६ नाघेकी लिमिठानाकी सावित्री रेग्मी पनि गाउँ नजिकै उपचार पाउँदा दङ्ग छिन् । गाउँमै पुगेका डाक्टरले ग्याष्टिकको निःशुल्क औषधी दिँदै घरेलु उपचारको सल्लाह पाएकी उनलाई आफ्नो समस्या समाधान हुने आशा पलाएको छ ।
पर्वत र बागलुङ जिल्लालाई लक्षित गरेर लायन्स क्लव अफ काठमाडौँ देउराली दियालोले फलेवास नगरपालिका–५ खानीगाउँमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शनिवार भएको शिविरमा १ हजार दुई सय ५० जना भन्दा बढिले सेवा लिएका छन् ।
दुर्गम भेगमा बसोबास गरिरहेका र स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थासम्म जान नसक्ने अवस्थाका बिरामीलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरका कार्यक्रम संयोजक कृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै खालका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको छ ।उपचारको लागि गुणस्तरीय स्वास्थ्य संस्थाको पहुँच पुग्न नसकेर लामो समयदेखि रोगले थलिएर बसेका गरिव विपन्न वर्गलाई निशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरका कार्यक्रम संयोजक सापकोटाले बताउनुभयो ।

शिविरको उद्घाटन गर्नुहुदै नगरप्रमुख गंङाधर तिवारीले उपचारको लागि सुबिधासम्पन्न अस्पतालमा जान नसक्ने आमाबुवा, दिदीबैनी तथा दाजुभाइहरुको लागि यो शिविर अत्त्यन्तै उपयोगी हुने बताउनुभयो । आयोजक तथा सहयोगिहरुलाइ धन्यबाद ज्ञापन गर्नुहुदै नगरप्रमुख तिवारीले यस्ताखालका कार्यक्रमहरुलाइ नगरले पनि प्रोत्साहन र सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय समाज्सेवी भोला लम्सालले आफुले निकै कसरत गरेको कारण यो शिविर ल्याउन सफल भएको बताउदै आगामी दिनमा पनि यस्तै कार्यक्रमको माग भए ल्याउन सकिने बताउनुभयो । कार्यक्रममा फलेवास नगर उपप्रमुख शोभा कुमारी क्षेत्री, प्रवक्ता अच्युत तिवारी लगायत वडा अध्यक्षहरुको सहभागिता थियोे । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ काठमाडौ देउराली दियालोका अध्यक्ष इन्द्र केसीले गर्नुभएको थियो । शिविरमा ६८ प्रकारका औषधी निःशुल्क वितरण गरिने छ भने शिविरमा दाँतका विशेषज्ञ चिकित्सा सेवा, हाडजोर्नी सम्बन्धी चिकित्सा सेवा, आँखा सम्बन्धी विशेषज्ञ चिमित्सा सेवा, स्त्री तथा प्रसुती रोग सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, प्रयोगशाला परीक्षण सेवा, एक्स–रे÷भिडियो एक्स–रे सेवा र ओषधी वितरण लगायतका सेवाहरु प्रदान गरिने छ ।गण्डकी सञ्चारबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो