अन्तराष्ट्रिय पर्वत समाजको पर्वतका तीन पालिकामा स्वास्थ्य र शिक्षामा सहयोग


दुबई/प्रवासी पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले पर्वतका तीन वटा पालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गरेको छ ।
समाजले पर्वतको जलजला, पैंयु र फलेबास नगरपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरेको हो ।
समाजले तीन बर्ष अघि घोषणा गरे अनुसार दुबई भेलाको अवसरमा पालिकाहरुलाई सहयोग रकम हस्तान्तरण गरेको छ । तीन वटै पालिकालाई ८ लाख रुपैयाका दरमा रकम सहयोग गरिएको समाजका परियोजना संयोजक तथा संस्थापक महासचिब गुणराज शर्माले जानकारी दिनुभयो । अन्तराष्ट्रिय पर्वत समाजको साधारणसभा तथा दुबई भेलामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहयोग हस्तान्तरण गर्नुभयो । समाजको आयोजनामा बेलायतमा गरिएको च्यारिटी शो मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको थियो ।

फलेबास नगरपालिकामा समाजको सहयोगमा वडा नं १ कार्किनेटामा एम्बुलेन्स खरिद गरिनेछ । एम्बुलेन्स खरिदका लागि ८ लाख रुपैया समाजले सहयोग गरेको छ भने अन्य रकम नगरपालिकाले थप गर्ने समझदारी भएको छ ।
त्यसैगरी पैंयु गाउँपालिकामा शब बहान खरिदका लागि पनि समाजले ८ लाख रुपैया सहयोग गरेको छ । पैंयु गाउँपालिका वडा नं ४ हुवासमा पालिकाले नै सञ्चालन गर्ने गरि समाज संग सम्झौता भएको वडा नं ५ का अध्यक्ष नारायणप्रसाद भुर्तैलले बताउनुभयो ।
समाजको सहयोगमा जलजला गाउँपालिकाले भने शिक्षालाई प्रबिधीमैत्री बनाउन काम गर्ने भएको छ । गाउँपालिका भित्रका बिद्यालयमा डिजीटल बोर्ड खरिद गर्नका लागि समाजले दिएको ८ लाख प्रयोग गर्ने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । पालिकाले गाउँमा रहेका सामुदायिक बिद्यालयमा शैक्षिक सुधारका कार्यक्रमहरु लागु गर्दै आएको छ । त्यसका लागि सवै बिद्यार्थीलाई डिजीटल बोर्डबाट अध्यन, अध्यापन गराउने योजना हुन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो