पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

पर्वत : काठमाडौंमा भएको आत्मदाहको घटना सेलाउन नपाउँदै पोखरामा पनि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलमा भाडामा बस्दै आएका ४३ वर्षीय एक पुरुषले आइतबार बिहान घरभित्रै आफ्नो शरीरमा आगो लगाएका हुन्।

वडाध्यक्ष किरण बरालका अनुसार युवकको शरीरमा आगो जलिरहेको देखेर बचाउन गएकी घरबेटी पनि सोही आगोमा परेर घाइते भएकी छिन्। उनले ती पुरुषलाई बचाउने प्रयास गरेकी थिइन्।

उनीहरू दुवैको अवस्था सामान्य रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नै उपचार भइरहेको पनि वडाध्यक्ष बरालले बताए। उनीहरूको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ