सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन


पर्वत /स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिला सुस्ती नगर्न पर्वत स्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । गृह जिल्ला पर्वत आएका स्वास्थ्य मन्त्री गिरीले संघ र प्रदेश मातहतका कार्यालय प्रमुखका वैठकको आब्हान गरी सेवा प्रवाहमा ढिला सुस्ती नगरी एकद्धार प्रणालीद्धारा सेवा प्रवाहको प्रवन्ध मिलाउन निर्देशन दिएका हुन् ।

गिरीले दुरीका आधारमा सेवाग्राहीलाई सेवा दिएर जिम्मेवार र जवाफदेहि कर्मचारी बन्न कर्मचारीलाई आग्रह गरे । उनले एउटै कामको लागि घण्टौ लाइनमा बस्नुपर्ने र विभिन्न फाँटहरुमा धाउनुपर्ने दिनको अन्त्य गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

विधि, विधान, नियम र कानूनको परिधि भित्र रही कार्यालयको काम सम्पन्न गर्न गिरीको आग्रहको थियो । उनले नियमानुसार बाहेकका काम नगर्न र दवाबमा परेर कुनै पनि काम नगर्न समेत कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य भक्त कुँवरले कानूनी जटिलताका कारण आयोजनाहरुको काममा ढिला सुस्ती हुने गरेको बताए । उनले कानून संसोधन गरेर ठेक्का आब्हान लगाएतका पूर्वाधार निर्माणका काममा तिव्रता दिनुपर्ने धारणा राखे । प्रदेश सरकारमय आफूले ढिला सुस्ती हुने गरी निर्माण भएका कानून संसोधनमा आवाज उठाउने बताउँदै संघीय सरकारबाट पनि त्यसको संवोधन हुनुपर्ने कुँवरको भनाई छ ।

मन्त्री गिरीले आज नै पर्वतको जलजला ९ बनौ र कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा मतदाताहरुलाई भेटघाट गरी शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ