पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी
पर्वत /पर्वत अस्पतालमा मोबाइल डिजीटल एक्सरे सेवा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पहिलो गृहजिल्ला भ्रमणका क्रममा मोबाइल डिजीटल एक्सरे मेसिन पर्वत अस्पतालमा उपहारको रुपमा हस्तान्तरण गरेका हुन । पर्वत अस्पतालमा डिजीटल एक्सरे सेवा संगै बिरामीलाई थप सुबिधा भएको छ ।
पर्वत अस्पतालमा बुधबार आयोजित एक समारोहका बिच मन्त्री गिरीले पर्वत अस्पताल बिकास समितिका अध्यक्ष शंकर गिरी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट रुक्मिणी अधिकारीलाई हस्तान्तरण गर्नुभयो । सो कार्यक्रममा बोल्दै मन्त्री गिरीले दुरदराज सम्मका जनतामा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मन्त्री गिरीले पिछडीएको क्षेत्रमा समेत गुणस्तरीय स्वास्थ्य सेवाको पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
आफुँ अहिले स्वास्थ्य क्षेत्रका समस्या पहिचानमा लागेको बताउँदै मन्त्री गिरील्े ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउछौ भन्नुभयो । ’गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पु¥याउने जिम्मा सरकारको हो। उपचार नपाएर अकालमा मर्नु पर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउनेगरी काम गर्नेछौं,’ उहाँले भन्नुभयो‘यसका लागि सबै स्वास्थ्य संस्थामा आधारभूत सुबिधा र जनशक्तिको ब्यबस्थापन गर्नेछौ।’
स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याहरुको समाधान सहज भने नरहेको स्विकार गर्दै न्युनत स्वाथ्य सेवाको मापदण्ड देशेभर पु¥याउने बिश्वास ब्यक्त गर्नुभयो । ‘म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु। ती समस्या पहिचान गरेर जनतालाई भिन्नताको महसुस गराउने वाचा गर्छु।’ उहाँले भन्नुभयो ‘दुरदराजका जनतालाई केन्द्रमा राखेर सेवा बिस्तार हुनेछ ।’
उहाँले स्वास्थ्य बिमामा केही समस्या देखिएको चर्चा गर्दै त्यसका लागि कतिपय प्राबधानहरुमा पुनरावलोकन गर्न आवश्यक छ भन्नुभयो । गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य बिमालाई दिगो र भरपर्दो बनाउँदै गरिब जनताले स्वास्थ्य बिमा मार्फत नै सेवा लिन सक्ने बनाउने प्रतिबद्धता पनि जनाउनुभयो । अर्को प्रसंगमा पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि गर्नुभयो । ‘यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणहरूको कमी रहेछ। हामीले केही उपकरण अहिल्यै हस्तान्तरण गर्दैछौं। आगामी ५ वर्षभित्र सातवटै पालिकामा अस्पताल हुन्छन्, डाक्टर, नर्स र ल्याब हुनेछ। सानोतिनो शल्यक्रिया पनि हुन्छ। कोही पनि उपचार नपाएर मर्ने अवस्था रहँदैन,’ उहाँले भन्नुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आउनुभएका गिरीले पर्वत अस्पतालमा मोबाइल डिजीटल एक्सरे मेसिन हस्तान्तरण गर्नुभयो । पर्वत अस्पतालमा ५० बेड अनुसार जनशक्ति ब्यबस्थापन गर्ने र आवश्यक उपकरणहरु उपलब्ध गराउने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्री गिरीले पर्वत अस्पतालको निरीक्षण समेत गर्नुभयो । पर्वत अस्पताल बिकास समितिका अध्यक्ष शंकर गिरी र निमिक्त मेडिकल सुपरिटेण्डेन्ट रुक्मिना अधिकारीले अस्पतालका बिभिन्न पक्षका बारेमा जानकारी गराउनुभएको थियो । सोही अवसरमा नेपाल औषधी ब्यबसायी संघ पर्वत, म्याग्दी र बागलुङले मन्त्री गिरीलाई बधाई ज्ञापन गरेका थिए ।