संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी
पर्वत /स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले भीरबाट खस्न आँटेको अर्थतन्त्रलाई माथि ल्याउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।
पर्वतको कुश्मामा आयोजित सातौं पर्वत महोत्सव उद्घाटन गर्दै मन्त्री गिरीले अर्थतन्त्र कति खराब अबस्थामा छ भन्ने प्रेमप्रसाद आचार्यको आत्मदाहले पनि प्रष्ट पारेको छ भन्दै संकटमा पुगेको अर्थतन्त्र माथि ल्याउनका लागि सरकारले सबै प्रयत्न गरिरहेको बताउनुभएको हो ।
अर्थतन्त्र कति जर्जर अबस्थामा पुगेको छ भन्ने कुरा आत्मदाह प्रकरणले पनि सोचनीय बनाएको छ उहाँले भन्नुभयो सरकार भिरबाट खस्न लागेको अर्थतन्त्र माथि ल्याउन प्रयासरत छ । अर्थतन्त्र यस्तो अबस्थामा पुग्नुमा अघिल्लो सरकार बढी जिम्बेवार रहेको बताउँदै मन्त्री गिरीले ब्यबसायीहरुलाई बैंकबाट हुने कर्जा प्रवाहलाई सरलीकरण गर्न नसक्दा मिटर ब्याज र तरलता अभाबले ब्यबसायीहरु धरासयी बन्न पुगेको बताउनुभयो । मन्त्री गिरीले निरन्तर ओरालो लागेको शेयर बजार नयाँ सरकार बनेपछि सुधार भएको तर्फ संकेत गर्र्दै भन्नुभयो –‘पछिल्ला दिनहरुमा शेयरबजारमा हरियाली छाएको छ, म खुसी छु, अब आर्थिक सुधारका लक्षणहरु राम्रा देखिँदैछन् ।’
मन्त्री गिरीले –‘राज्यलाई सुनको अण्डा दिने व्यापारीहरु निरुत्साहित भएको चर्चाा गर्दै अहिले केही गर्छु भनेर बजार झरेका युवा तरलता अभाव र चर्को व्याजका कारण हायलकायल भएका छन भन्नुभयो ।
उनले अब जिल्लाको खानेपानी, सडक, बाटोघाटो, सिंचाई, भूकम्पले क्षति भएका घरहरु विस्तारै बन्ने क्रममा रहेको र ती समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको दोहो¥याए ।
कार्यक्रममा संविधान सभा सदअर्जुनप्रसाद जोशी र बिकास लम्साल, प्रदेश सभा सदस्य भक्त कुँवर, मित्रलाल वस्याल , नेपाल उद्योग बाणिज्य महासंघ गडकीका अध्यक्ष संजीबबहादुर कोइराला, जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम बिक, प्रमुख जिल्ला अधिकारी चित्रांगद बराल, नेकपा(एमाले)का अध्यक्ष राजुप्रसाद पौडेल, नेपाली कांग्रेसका उपसभापति डा. चुडामणी शर्मा, रास्वपाका अध्यक्ष नबराज भण्डारी, पर्वत उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष केदारनाथ शर्मा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेल लगायतले महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा धन्यबाद ज्ञापन बरिष्ठ उपाध्यक्ष ठाकुर बि पौडेल र संचालन सचिव रमेशप्रसाद लामिछानेले गर्नुभएको थियो ।