शुभकल्याणमा भवन तथा सरस्वती मन्दिर उद्घाटन, सामुदायिक बिद्यालयको गुणस्तर सुधारमा ध्यानकेन्द्रित गर्छौ मन्त्री गुरुङ


पर्वत/पर्वतको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्कमा रहेको शुभकल्याण निमाविमा ६१ औँ वार्षिकोत्सव संगै विद्यालयमा निर्माण सम्पन्न भएको चारकोठे भवन र सरस्वती मन्दिरको उद्घाटन भएको छ ।
विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव संगै भवन र मन्दिरको उद्घाटन गरेको हो । प्रमुख अतिथी गण्डकी प्रदेशका मन्त्री पञ्चराम गुरुङले विद्यालय भवनको उद्घाटन गर्नुभयो भने कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र पञ्चकोशी समाज पोखराका अध्यक्ष क्याप्टेन लालप्रसाद गुरुङले सरस्वती मन्दिरको उद्घाटन गर्नुभयो ।
उक्त विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतमका अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यन्वयन ईकाई शिक्षा मार्फत ८० लाखको लागतमा चारकोठे भवन र शौचालय तथा चन्दा संकलन गरेर मन्दिर बनाईएको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभाका मन्त्री पञ्चराम गुरुङले सामूदायिक विद्यालयको गुणस्तरीयता सुधारमा सरकारले ध्यान दिने बताउनुभयो । उहाँले शुभकल्याण माविको वरिपरि घेराबार गर्न पहल गर्ने बताउनुभयो ।

साथै मन्त्री गुरुङले आर्थरडाँडाखर्कको मोटरबाटो स्तरउन्नती गर्न सरकारले ध्यान दिने बताउनुभयो ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सामूदायिक विद्यालयको भौतिक संरचना सुधार संगै गुणात्मक शिक्षामा नगरले ध्यान दिईरहेको बताउनुभयो । शिक्षा क्षेत्रमा उर्जा दिन नगरपालिका तयार रहेको जोशीले बताउनुभयो । कार्यक्रममा लिटिल स्टेप मावि पोखराका संस्थापक शेरबहादुर गुरुङ, हङकङ समाजका मिन गुरुङ, यूके समाजका कृष्णबहादुर गुरुङ, बुद्धिजिवी परिषदका केन्द्रिय सदस्य प्रेम सुसिल वडाध्यक्ष रुद्रमोहन रिमाल र पञ्चकोशी समाजका अध्यक्ष कमल गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको अन्तर प्रावि स्तरीय हाजिरीजवाफमा प्रतियोगितामा ११ टोली सहभागि थिए । प्रथम शुभकल्याण आधारभूत विद्यालय, दित्तिय नारायण मावि कुश्मा, तृतिय मंगलोदय मावि चुवा, सान्त्वना नमूना मावि, आर्दश आवासीय मावि र नुवार सुबेदी थर मावि बनेर पुरस्कार पाएका छन् । आधारभूत तह स्तरीय शिक्षकहरुको बिचमा कम्यूटर प्रतियोगितामा नारायण माविका शिक्षक सन्जय रेग्मी, त्रिभूवन आधारभूत विद्यालयका शिक्षक दामोदर पौडेल उत्कष्ठ बन्नुभएको थियो । कार्यक्रममा लागेको सबै खर्च हङकङ समाजले व्यहोरेको हुनाले दाताहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा महिला शिक्षिकाहरुले सामूहिक नृत्य प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुना गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतम र शिक्षक रोशनी गुरुङले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो