पर्वत महोत्सवमा थपियो खुल्ला महिला भलिबल प्रतियोगिता


पर्वत/पर्वतको कुश्मा बजारमा सञ्चालन हुन गइरहेको सातौँ पर्वत महोत्सवमा खुल्ला महिला भलिबल प्रतियोगिताको इभेन्ट थप भएको छ । माघ ११ गतेदेखि २१ गते सम्म सञ्चालन हुने गरी आयोजना भएको महोत्सव आयोजकले महिला खेलाडीहरुको मागलाई मध्यनजर गर्दै महिला भलिबल प्रतियोगिता समेत सञ्चालन गर्ने तयारी गरेको हो ।
महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक गणेश लामिछानेले दिएको जानकारी अनुसार महोत्सवको दोश्रो दिन देखि विहानी समयमा खेल सञ्चालन गर्ने गरी महिला भलिबल प्रतियोगिता राखिएको हो । महिला भलिबल प्रतियोगिताका लागि खुल्ला रुपमा महिलाहरुले आफ्नो टिम दर्ता गर्न पाउने व्यवस्था रहेको छ । जस अन्तर्गत महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार नगद ५० हजार मेडल र प्रमाणपत्र रहेको छ भने द्धितीय पुरस्कार २५ हजार नगद, मेडल र प्रमाणपत्र रहेको छ ।
आयोजकले यस अघि नै पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको कार्यक्रम तय गरिसकेको छ । जसको प्रथम पुरस्कार २ लाख रहेको छ भने द्धितीयलाई १ लाख र उपविजेता दुई समुहलाई ३० हजारको दरले पुरस्कार व्यवस्थापन गरेको छ ।
पर्वत महोत्सव सञ्चालनका लागि अहिले स्थल व्यवस्थापन कार्य भइरहेको छ । झण्डै ६० प्रतिशत स्टल समेत बुकिङ भइसकेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो