पर्वत महोत्सवको पूर्व सन्ध्या जिल्ला स्तरीय दौड प्रतियोगिता हुने


पर्वत / जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा जिल्ला स्तरिय खुल्ला सडक दौड प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा यही माघ ११ गतेबाट सुरु हुन लागिरहेको सातौँ पर्वत महोत्सवको पूर्व सन्ध्यामा पुरुष र महिलाका लागि खुल्ला दौड प्रतियोगिताको आयोजना गरिएको हो । जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङका अनुसार माघ ११ गते नै बिहान आठ बजे आयोजना हुने दौड प्रतियोगितामा पुरुषका लागि आठ किलोमिटर र महिलाका लागि छ किलोमिटरको दूरी निर्धारण गरिएको छ ।
प्रतियोगितामा भाग लिन ईच्छुक खेलाडीहरुले यहि माघ १० गते दिउसो तीन बजे बजेसम्ममा जिल्ला खेलकुद विकास समितिको कार्यालय कुश्मामा सम्पर्क गरि आफ्नो नाम दर्ता गराउन सकिने छ । महिलातर्फ प्रथम हुनेलाई पाँच हजार, दोस्रो हुनेलाई तीन हजार र तेस्रो हुनेलाई दुई हजार रुपैयाँ सहित मेडल र प्रमाण–पत्र दिइने छ ।
यस्तै पुरुषतर्फ पहिलो हुनेलाई आठ हजार, दोस्रो हुनेलाई पाँच हजार र तेस्रो हुनेलाई तीन हजार रुपैयाँ सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले बताएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो