राष्ट्रियता चिनाउन खेलाडीको महत्वपूर्ण भूमिका हुन्छ : सांसद गिरी


पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले राष्ट्रियता चिनाउनका लागि खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । कुश्मा नगरपालिकाको दुर्लुङमा आयोजीत ल्होसार मेलाको समापनको अवसरमा बोल्दै सांसद गिरीले खेलाडीहरुका कारण राष्ट्रको गरिमा बढ्ने र राष्ट्रियता थप परिचित हुने कुरा उल्लेख गरेका हुन् ।

उनले खेलाडीहरु विश्वभर परिचित हुने हुँदा उनीहरुका माध्यमबाट देशको परिचय विश्व ब्यापी हुने कुरा उल्लेख गरे । खेलाडीले देशको गरिमा सधैँ उचो राखेता पनि नेपालमा भने खेलाडीहरुको मनोभावना सरकारले बुझन नसकिरहेको बताए । उनले खेलाडीहरुलाई राज्यले दिनुपर्ने सहयोग, मर्यादा र हौसलामा अझै पनि कमी भएको बताए ।

४ दिनसम्म सञ्चालन भएको मेलामा खुल्ला भलिबल प्रतियोगीताको आयोजना गरिएको थियो । प्रतियोगीताका विजयी टिमलाई पुरस्कार प्रदान गर्दै गिरीले खेलले मानिसको शारीरिक र मानसिक अवस्थाको सुधारमा सहयोग पुग्ने भन्दै स्वास्थ्यका लागि खेल भन्ने नारा सवै युवाहरुले ग्रहण गर्नुपर्ने धारणा समेत राखे । मेलाको आयोजना स्थानीय भूपू गाइजले गरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो