ठेकेदारले काम छाडेपछि मालढुङ्गा–बेनी सडक अस्तव्यस्त,सर्बसाधरणलाई सास्ती


पर्वत /स्तरोन्नतीको चरणमा रहेको मालढुङ्गा–बेनी सडक योजनाको ठेकेदार कम्पनीले काम छाडेपछि अस्तव्यस्त बनेको छ । सडकलाई अस्तव्यस्त पारेर ठेकेदार विगत चारमहिना देखि कार्यस्थलबाट बाहिरिएको हो ।

ठेकेदार कम्पनीबीच एकआपसमा असमझदारी बढेपछि चारमहिना अघिसम्म काम गरेको ठेकेदार त्यसपछि सडक अलपत्र अवस्थामा छाडेर योजना निर्माणबाट पछि हटेको हो । सडक अस्तव्यस्त हुँदा सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । बेनी देखि छुटेका सवारीसाधनहरु मालढुङ्गा पुग्न डेढ घण्टा सम्म समय लाग्ने गरेको छ ।

बेनी र मुस्ताङ भ्रमण गर्न आउने पर्यटकहरुले सडकको दुरवस्थाका कारण घण्टौंसम्म जाममा फस्नुपरेको छ । वर्षातका समयमा सडक मािथबाट खसेको पहिरो,खाल्टाखुल्टी र अस्तव्यस्त तरिकाले छाडिएका निर्माण सामग्रीका कारण यात्रुहरुले सास्ती भोग्नुपरेको गुनासो बढेको छ ।
राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने योजनाको २०७७ चैतमा ठेक्का सम्झौता भएको थियो । बेनी –जोमसोम –कोरला सडक आयोजनाले ५२ करोड ८६ लाखमा ३१ हजार दुईसय ८१ रुपियाँमा एपेक्स–खड्का–कृष्ण जेभीसँग ठेक्का सम्झौता गरेको हो ।

निर्माणको जिम्मा लिएको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले अघिल्लो वर्ष सडक स्तरोन्नती थालेको थियो । पछिल्लो समय ठेकेदारकाबीच एकआपसमा विवाद र असमझदारी बढेपछि योजना निर्माण रोकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर मन्दा पन्तले बताउनुभयो । ठेकेदारहरुकाबीच एकआपसमा विवाद उत्पन्न हुँदा योजना प्रभावित बनेको उहाँको भनाई छ ।
ठेकेदारसँग आइतबार छलफल गरेको छौं इन्जिनियर पन्तले भन्नुभयो ‘दुईचार दिन भित्रमा सडक मर्मत थाल्ने, एकहप्ता भित्र मजदुर र उपकरण सहित कार्यस्थलमा परिचालन हुने ठेकेदार कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।’ आयोजनाका अनुसार अहिलेसम्म २४ प्रतिशत भौतिक प्रगति भएको छ ।

आगमी २०७९ को चैत सम्म मसान्त सम्म योजना सम्पन्न गर्नेे आयोजनाले लक्ष्य राखेको थियो । तर ठेकेदारले ढिलासुस्ती गर्दा समयमै योजना सम्पन्न हुने देखिदैन । ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिने योजनामा उल्लेख छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’