बिश्वमै पहिलो पटक जीप लाईनमा साईकल यात्रा ! बिश्व किर्तीमान कायम गरेको दाबी

पर्वत /बिश्व साईकल यात्री अजित बरालले जीपलाईनमा साइकल कुदाएर बिश्व किर्तीमान कायम गरेको दाबी गरेका छन ।
पर्वतको कुस्मामा रहेको बिश्वकै दोस्रो लामो सुपरम्यान जीप लाईन हार्नेस जीपलाईनमा साईकल कुदाएर बिश्व किर्तीमान कायम गरेको दाबी गरेका हुन ।
बिश्वका सबैभन्दा अग्लो भूभागमा साईकल कुदाएर किर्तिमान कायम गरेका बरालले जीप लाईनमा साईकल कुदाउने काम पहिलो भएको दाबी गनुर्भभयो । ‘अहिले सम्म जीपलाईनमा साईकलबाट कसैले पनि यात्रा गरेको छैन ।’ साईकल यात्रा गरेपछि सञ्चारकर्मी संग बरालले भन्नुभयो ‘रोमाञ्चक र सहासी खेल भएका कारण मैले पहिलो प्रयासमा नै किर्तीमान कायम गर्न सकेको छु।’ जीपलाइनको स्पिडमा साईकल कुदाउँदा हावामा साईकल कुदाएको अनुभव भएको उहाँले बताउनुभयो ।

पर्यटकीय शहर पोखराको लेकसाईडका बासिन्दा ३४ बर्षिय बरालले १० बर्षकै उमेरमा पोखराबाट काठमाण्डौ सम्म साईकलबाट यात्रा गरेपछि साईक्लिङको नसा चढेको बताउनुभयो । उसबेला पोखराबाट ४ दिनमा काठमाण्डौ पुगेपछि साईकलबाट यात्रा गरेरै बिश्व घुम्ने योजना बनाएको उहाँले सुनाउनुभयो । बरालले अहिले सम्म बिश्वका ७१ द्ेश साईकलबाट नै यात्रा गर्नुभएका बरालले धेरै वटा बिश्व किर्तीमान समेत बनाउनुभएको छ । उहाँले साईकल लिएर प्याराग्लाईडिङ गरेर बिश्व किर्तीमान बनाउनुभएको छ भने बिश्वकै सबैभन्दा उचाईमा साईकल यात्रा गरेर अर्को किर्तीमान कायम गर्नुभएको छ । साईकल लिएरै बिश्वकै अग्लो ठाउँमा रहेको तिलिचोताल देखि कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरी डाँडा र लमजुङको दुधपोखरी पनि साइकलमा नै पुग्नुभएको छ ।
उहाँले पछिल्लो समय एक दिनमा साईकलबाट ३ सय किलोमिटर यात्रा गरेर अर्को बिश्व किर्तिमान कायम गर्नुभएको छ । धरानबाट बाराको पथलैया सम्म एकै दिनमा ३ सय किमी यात्रा गर्नुभएको थियो । जहाँ जमिन त्यहाँ साईकल भन्ने नारा लिएर बिश्व यात्रामा निस्कनु भएका बरालले केही एक दिन भित्रै संयुक्त राज्य अमेरिकामा साईकल यात्राबाट नयाँ बिश्व रेकर्ड कायम गर्ने योजना सुनाउनुभयो ।
सहासिक पर्यटनका लागि नेपालकै पहिलो रोजाईको गन्तब्य बन्दै गएको पर्वतको कुस्मामा एक पछि अर्को सहासिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ । बरालको जीप लाईनमा गरेको साईकल यात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने बिश्वास लिइएको हार्नेस जीप लाईनका कार्यकारी निर्देशक सुनिल बाँनियाले बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी