पर्वतमा माओवादीले एमालेसंग तालमेल गर्दा जितेको सिट कांग्रेससंग गठबन्धन गर्दा गुमायो


पर्वत / २०७४ सालको आम निर्वाचनमा देशभर जस्तै पर्वत जिल्लामा पनि एमाले र माओवादी बिच तालमेल भयो । संघीय प्रतिनिधिसभा एमालेको भागमा पुरयो भने प्रदेश सभा तर्फका २ सिट मध्ये १ सिट एमाले र १ सिट माओवादीको भागमा परयो । सहमति बमोजिम प्रदेश सभा १ मा माओवादीको उमेदवार उठे भने प्रदेश सभा २ मा एमालेका उमेदवार । उक्त निर्वाचनमा संघ सहित ३ वटै क्षेत्र तालमेले गर्ने दलहरु जितेका थिए । प्रतिनिधीसभामा एमालेका पदम गिरी निर्वाचित हुँदा प्रदेश क मा माओबादी केन्द्रका नेत्रनाथ अधिकारी र प्रदेश ख मा एमालेका बिकास लम्साल बिजयी भएका थिए ।

एमाले र माओवादी बिचको उक्त तालमेल अन्ततः पार्टी एकतासम्म पुग्यो । पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी त गठन त भयो तर, दलका नेताहरु बिचको खटपटले उक्त पार्टी पूनः विभाजित बन्न पुग्यो । पार्टी विभाजन पछि बनेको कांग्रेस माओवादी गठबन्धनले २०७९ सालको आम निर्वाचनमा साझा उमेदवारहरु प्रस्तुत गरयो ।

पर्वत जिल्लामा साझा उमेदवारको रुपमा कांग्रेसले संघीय उमेदवार र प्रदेश सभा २ मा उमेदवार उठायो । उता, माओवादीले भने प्रदेश सभा १ मा आफ्नो उमेदवार उठायो । प्रदेश सभा १ मा माओवादीको तर्फबाट पार्टीका केन्द्रिय सदस्य सुदीप कुँवर उमेदवार बने । कुवँरको उमेदवारी भने यस पटक एमालेलाई जीत निकाल्न सहज बन्यो । कुँवर एमालेका उमेदवारसंग हारे ।
यस अघि २०७४ सालको निर्वाचनमा सम्मानजनक मत सहित माओवादीका उमेदवार नेत्र अधिकारी विजयी भएका थिए । अधिकारी प्रदेश सभाका सभामुख समेत भए । तर, उनै अधिकारीले जित निकालेको पर्वतको प्रदेश सभा १ यस पटक माओवादीले गुमाएको । यो संगै पर्वतमा माओवादीको संसदीय सिट शुन्यमा झरेको छ ।

एमालेसंगको तालमेलमा १ सिट जितेको माओवादीले कांग्रेससंगको तालमेलमा उक्त सिट गुमाएको हो ।

अर्थ वीट साप्ताहिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’