यसरी चिनौ दक्षिण पर्वतमा बिकासलाई  अवराेध गर्ने खलनायकहरूकाे नालीबेली

टिकाराम भुसाल/२०५२ सालमा दाेबिल्ला फलेवास सडक खन्न आएका ठेकेदारका गैची बेल्चा खाेस्न तरूण दलकाे जत्था पठाउने नेता त्यति बेलाका नेपाली कांग्रेसका सभापति अर्जुन प्रसाद जाेशि

२०५२ सालकाे जिल्ला सभावाट सर्वसम्मतिले स्वीकृत बडागाउँचाैर-माेदिवेनी-फलेवास सडककाे लागि छुट्याईएकाे रू १६ लाख कार्यान्वयन गर्न विधि पुर्वक गठन गरिएकाे सर्वदलिय उपभाेक्ता समिति ( अध्यक्ष देविस्थानका उपाध्यक्ष कृष्ण र सचिव कुश्माका अध्यक्ष राम आचार्य) लाई याेजना सम्झौता नगर्नकाेलागि तत्कालिन जिविस सभापति यमप्रसाद गुरूङलाई पार्टीको ह्वीप लगाउने उनै अर्जुन प्रसाद जाेशी । उनले कार्यान्वयन गर्न नदिई राेकि राखेकाे रकम २०५४ मा दाेविल्ला फलेवास सडककाे मल्याङ्दी खाेला मुडिकुवा खण्डको सडक निर्माणमा खर्च गरिएकाे थियाे ।
जिल्ला विकास समितिले २६ वर्ष पहिले जाेड्न खाेजेकाे मुडिकुवा माेदिबेनी कुश्मा सडक अर्जुनजाेशि १८ वर्ष सांसद हुदासम्म जाेडिएन । कुश्मा माेदीबेनी फलेवास सडक पहिले बनेकाे भए दक्षिणी भेकमा आउने सबै सडक यहि सडकसंग जाेडिएर खनिने थिए, फलेवास मुख्य व्यापारिक केन्द्र बन्ने थियोे ।

पञ्चायत कालमा नै जुग्लेसम्म खनिएकाे नाउडाडा- कार्किनेटा-कुश्मा सडक निर्माणमा २०५६ सालमा स्याङ्जावाट निर्वाचित एमाले सांसद हितकाजि गुरूङ् अहाेरात्र खटिनु भयाे तर पर्वतका सांसद तथा नेपाली कांग्रेसका सभापतिवाट वचनकाे सहयाेग पनि उपलब्ध भएन ।


कार्किनेटा-घण्टे-लुखु-बालाकाेट/कुर्घा/सिम्ले सडक एमालेका जनप्रतिनिधि हरूले रगत पसिना बगाई गाविसकाे विकास अनुदान र जनतासंग रकम उठाएर सडक निर्माण गरे । साे सडकका पक्षमा १८ वर्ष सांसद भएका कांग्रेसका नेता अर्जुन जाेशिले कहिल्यै एक शब्द बाेल्न पनि आवश्यक ठानेनन्।

२०५४ सालमा निर्वाचित एमाले नेतृत्वकाे जिल्ला विकास समितिले ज्ञाँदीसम्म डाेराे पुगेकाे दाेविल्ला- फलेवास सडककाे निर्माण कार्यलाई अगाडि बढाउन डिटेल सर्भे गर्न प्राविधिक खटायाे । त्याे प्राविधिक टाेलिले घाेयनेलामा घुम्ति नहालि ऋषिकेश तिवारीकाे गाउँ भएर सिधै मुडिकुवा निकाल्न उपयुक्त हुने सुझाव दियाे । ऋषिकेश तिवारीले चाहेकाे भए प्राविधिकहरूले भनेकाे रूटवाटै सडक निर्माण हुने थिएन तर दुर्भाग्य एमाले नेतृत्वकाे जिविसले जस पाउँछ भनेर विपक्षमा उभिनु भयाे, जसका कारण घोयनेलामा सडक असजिलो र खर्चिलाे मात्रै भएन फलेवासमा माेटर पुग्न धेरै ढिलो भयाे ।

दाेविल्ला फलेवास सडककाे माेदीखाेलामा पुल निर्माणकाे लागि सत्ता पक्षका जल्दा बल्दा सांसद तथा नेपाली कांग्रेसका जिल्ला नेता अर्जुन जोशी १८ वर्ष सांसद हुँदा वचनकाे सहयाेग पनि भएन । बरू ट्रस ब्रिज वनाउँदा रामचन्द्र पाैडेल मार्फत सरकारी सहयाेग पाउन राम शर्माकाे सहयाे रह्यो ।

अहिले यिनै खलपात्रका कारण दक्षिण पर्वतकाे लागि स्यांजाका दर्जनौ ठाउँवाट वाटाे खन्नु पराे । यदि कुश्मावाट सिधै मुडिकुवा आउने माेटर वाटाे र जुग्ले कार्किनेटाकाे खनिएकाे भए दक्षिण पर्वतकालागि पर्वत भित्रैवाट निकास हुने । तर दुरभाग्य खलपात्रहरूकाे वदमासिले कराेडौ रूपया स्यांजामा खन्याउनु पराे । मंशिर ४ गते यी खलपात्रहरूलाई सजाय दिने कि पुरस्कार दिने जिम्मा मतदाताहरूकाे हातमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो