नवौँ खेलकुद प्रतियोगिता-पर्वतमा भएको कराँतेमा १९ मध्ये १६ स्वर्ण विभागीय टिमले जिते

पर्वत /नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा सम्पन्न कराँते प्रतियोगितामा विभागीय टिम हाबी भएका छन्।

गत असोज २९ गतेदेखि बुधबारसम्म सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएका खेलमा कराँतेका १९ मध्ये विभागीय नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पारेको छ। यस्तै पुलिसले तीन रजत र पाँच काँस्य पदक हात पारेको छ।

पुलिसका खेलाडीले महिला एकल काता, महिला ४५ केजी तौल समूह, महिला ५० केजी तौल समूह, महिला ५५ केजी तौल समूह, पुरुष ६० केजी तौल समूह र पुरुष ६७ केजी तौल समूहमा जीत हासिल गरेको हो। यस्तै पुरुष ७५ केजी तौल समूह, पुरुष ८४ केजीमाथिको तौल समूह र महिला ६८ केजीमाथिको तौल समूहमा स्वर्ण पदक हात पारेको हो।

पुरुष टिम काता, महिला टिम कुमुते र महिलाको ६१ केजी तौल समूह गरी ३ रजत पदक पाएको पुलिसले महिला समूह काता, पुरुष एकल काता, पुरुष ५० केजी तौल समूह, महिला ६८ केजी भन्दा तलको तौल समूह र पुरुष ८४ केजी भन्दा माथिको तौल समूह गरी ५ वटा काँस्य पदक जितेको छ।

दोस्रो स्थानमा पुगेको एपीएफले पाँच स्वर्ण, १ रजत र ७ काँस्य सहित १३ पदकका साथ दोस्रो स्थान हासिल गरेको छ। एपीएफले पुरुष टिम काता, पुरुष टिम कुमुते, पुरुष एकल काता, पुरुष ५५ केजी तौल समूह र महिला ६८ केजी भन्दा तलको तौल समूहमा स्वर्ण पदक पाएको हो।

पुरुष ६७ केजी तौल समूहमा रजत पदक पाएको एपीएफले महिला ५०, ५५ र ६१ केजी तौल समूह, पुरुष ६० केजी, पुरुष ८४ केजी भन्दा माथि र तलको दुई तौल समूह तथा महिला टिम कुमुतेमा काँस्य पदक पाएको छ।

आर्मी २ स्वर्ण, ६ रजत र १ काँस्य गरी ९ पदक सहित आर्मी तेस्रो स्थानमा पुगेको छ। आर्मीले महिला ६१ केजी तौल समूह र महिला टिम कातामा स्वर्ण पदक, पुरुष ५५ केजी, ८४ केजी भन्दा माथि र तलको गरी दुई तौल समूह, महिलाको ६८ केजी भन्दा माथि र तलको गरेर दुई तौल समूह र महिला एकल काताबाट रजत तथा पुरुष टिम कुमुतेबाट काँस्य पदक जितेको छ।

प्रतियोगितामा बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ काँस्य गरी ८ पदक हात पारेको छ। उसले पुरुषको ८४ केजी भन्दा तलको तौल समूह र महिला टिम कुमुतेबाट स्वर्ण, पुरुष एकल काता र पुरुष ५० केजी तौल समूहबाट रजत तथा पुरुष टिम काता, महिला टिम काता, पुरुष टिम कुमुते र पुरुष ७५ केजी तौल समूहबाट काँस्य पदक जितेको हो।

त्यस्तै सुदूरपश्चिम प्रदेशले एक स्वर्णसहित ६ काँस्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ काँस्यमा चित्त बुझाएको छ। सुदूरपश्चिमले पुरुष ५० केजी तौल समूहबाट स्वर्ण तथा महिला एकल काता, महिला ४५ र ५० केजी तौल समूह, पुरुष ५५ र ६० केजी तौल समूह र महिला टिम कुमुतेबाट काँस्य पदक पाउँदा गण्डकीले पुरुष टिम कुमुते, पुरुष ६० र ७५ केजी तौल समूहबाट रजत तथा महिला ५५ केजी तौल समूह, पुरुष ५० केजी तौल समूह र पुरुष ६७ केजी तौल समूहबाट काँस्य पदक पाएको छ।

प्रदेश नम्बर १ ले ३ रजत र ६ काँस्य पदक प्राप्त गरेको छ। उसले महिला टिम काता तथा ४५ र ५५ केजी तौल समूहबाट रजत र पुरुष टिम काता, पुरुष एकल काता, पुरुष ५५ र ७५ केजी तौल समूह, महिला ६८ केजी भन्दा तल र माथिका दुई तौल समूहबाट काँस्य पदक हात पारेको हो।

लुम्बिनी प्रदेशले १ रजत र ३ काँस्य पदक प्राप्त कर्णालीले दुई काँस्य पदकमा मात्रै चित्त बुझाएको छ। लुम्बिनीले महिला ५० केजी तौल समूहबाट रजत तथा पुरुष ८४ केजी भन्दा माथिको तौल समूह तथा महिला ६१ र ६८ केजी भन्दा माथिको तौल समूहबाट काँस्य पदक पाउँदा कर्णाली प्रदेशले महिला एकल काता र महिला ४५ केजी तौल समूहबाट काँस्य पदक पाएको हो।

मधेश प्रदेशले पुरुष ६७ केजी तौल समूहबाट काँस्य पदक पाउँदा सुदूरपश्चिम प्रदेशले पुरुष ५०, ५५ र ६० केजी तौल समूहबाट रजत तथा महिला एकल काता, महिला ४५ र ५० केजी तौल समूह र महिला टिम कुमुतेबाट काँस्य पदक पाएको छ।

कराँतेमा १९ स्वर्ण, १९ रजत र ३८ काँस्य सहित जम्मा ७६ पदकका लागि खेल भएको हो।थाहाखबरबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो