पर्वतको धाईरिङका स्थानियको गुनासो- बिधुतका पोलमा अागो लाग्दा पनि बिधुतका कर्मचारीले फोन उठाएनन

पर्वत । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ धारापानीमा सोमबार विद्युत लाइनमा हाइभोल्टेज प्रशारण हुँदा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

सोमबार विहान करिब ७ बजेतिर विद्युतको वितरण लाइनको पोलमा आगो लागेपछि धारापानीका स्थानीयले मिलनचोक स्थित नो लाइटमा फोन गरे । तर त्यहाँ वस्ने कर्मचारीले फोन रिसिभ गरेनन् । समयमै फोन रिसिभ गरेर लाइन सर्टडाउन गरिदिएको भए अप्रिय घटना नघटने कुरा नवविकल्प अनलाईनले प्रकाशन गरेको समाचारमा उल्लेख गरिएको छ ।

‘हामीले विद्युतको पोलमा आगलागी भएपछि पटकपटक फोन ग¥यौं तर कर्मचारीले कुनै रेस्पोन्स गरेनन’ स्थानीवासी पूर्णचन्द्र आचार्यले भने ‘कर्मचारीले समयमै फोन रिसिभ गरिदिएको भएर लाइन सर्टडाउन गरेको भए अनाहकमा ज्यान जाने थिएन ।’ ‘विहान ७ बजे विद्युतको पोलमा आगलागी भयो तर साढे आठ बजेसम्म पनि विद्युत सर्टडाउन गरिएन । गाउँका घरहरुमा हाइभोल्टेज लाइन विस्तार भयो जसका कारण मानविय क्षति हुनपुग्यो । यो विद्युत कार्यालयका कर्मचारीको लापरबाही हो,’ आचार्यले भने ।

गाउँको विद्युत लाइनको समस्याका वारेमा एकहप्ता अघिदेखि जानकारी गराउँदा पनि विद्युत कार्यालयले लाइन मर्मत गर्न ध्यान नदिएका कारण दुःखद घटना घटेको स्थानीय तिलक आचार्यले नवविकल्प अनलाईनलाई बताएको कुरा उक्त अनलाईनले प्रकाशन गरेको छ । हाइभोल्टेजका कारण धारापानीका करिब २०० घरधुरीमा जडान भएका मिटरवक्स,विद्युत बल्ब,पोलबाट घर सम्म लगिएको तार जलेको स्थानीयवासी यामबहादुर केसीले जानकारी दिएका छन् ।पर्वतन्युजबाट साभार सामाग्री

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’