मुस्ताङ जिल्लाको लोमान्थाङमा बिश्वमै सबैभन्दा उचाइमा निर्माण भयो गल्फ कोर्स
मुस्ताङ /नेपालमा सबैभन्दा उचाइमा गल्फ कोर्स निर्माण भएको छ।
मुस्ताङ जिल्लाको लोमान्थाङमा मुस्ताङ गल्फ कोर्सको निर्माण सम्पन्न भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
मुस्ताङ गल्फ कोर्ष समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटरको उचाइमा रहेको बताइएको छ। भारतको सिक्किममा रहेको याक गल्फ कोर्स यसअघि सर्वाधिक हाइ अल्टिच्युटमा रहेको गल्फ कोर्षका रुपमा परिचित थियो।
याक गल्फ कोर्ष समुद्री सतहबाट ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको छ।
सोही मुस्ताङ गल्फ कोर्षमा पहिलो प्रतियोगिताको रुपमा अर्को महिना टप अफ द वल्र्ड गल्फ च्यालेन्ज आयोजना हुने भएको छ।
भदौ ११ गते आयोजना हुने गल्फ च्यालेन्जमा काठमाडौं र पोखराका गरी ४ महिलासहित २८ गल्फरको सहभागिता रहनेछ।
टप अफ द वर्ल्ड गल्फ च्यालेन्जस स्टेबल फर्म्याट ३÷४ ह्याण्डीक्यापका आधारमा खेलाइने प्रतियोगिता विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, क्लोजेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिज गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ।
गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टको अगुवाइमा गल्फ कोर्स निर्माण भएको हो। सांसद विकास कोष र लोमान्थाङ गाउँपालिकाको सहयोगमा गल्फ कोर्ष निर्माण भएको बताइएको छ। कोर्स ९ होलको रहेको बताइएको छ।