पर्वतको धाइरिङमा हाइभोल्टेजका कारण एक जनाको मृत्यु, १३ घाइते, दुई सय घरमा क्षति


पर्वत/पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ विस्तार भएको विद्युतीय लाइनमा आएको उच्च करेन्टका कारण एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
गाउँमा बितरित बिद्युतको मुख्य प्रसारणलाईमा बाँस ढलेर शाखा लाईनमा बढी क्षमतामा बिद्युत प्रभाह भएका कारण दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार सोमबार बिहान बढी क्षमता करेन्ट प्रवाह भएपछि विद्युत् बन्द गर्ने क्रममा अन्दाजी ५० वर्षीया सीता के.सी.को मृत्यु भएको छ । उहाँलाई उपचारको लागि अस्पतालतर्फ लैजाँदै गरेको अवस्थामा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा परी अन्य १३ जना घाइते भएका छन्। घाइते हुनेमा ४० वर्षीय बुद्धिराम दर्जी, ३० वर्षीया टीका दर्जी, ४५ वर्षीय वीरबहादुर क्षेत्री, ३५ वर्षीया देवी क्षेत्री, २६ वर्षीया विनिता आचार्य, ५२ वर्षीय जय प्रसाद शर्मा, ५२ वर्षीया सरस्वती आचार्य, १२ वर्षीया पूर्णिमा आचार्य, ६३ वर्षीय जगन गिरी र २१ वर्षीया सरिता क्षेत्री हुनुहुन्छ । उहाँहरुको हात, खुट्टा, गर्धन लगायतका शरीरका विभिन्न भागमा डढ्नुको साथै अन्य चोटपटक पनि लागेको छ। घाइतेहरुमध्ये केही गाउँमै रहेको कोही उपचारको लागि बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ।
करेन्टकै कारण विभिन्न घरमा पालिएका चौपायाहरु पनि मरेका छन् भने धेरै घरमा जडान गरिएका विद्युतीय मिटर तथा वायरिङहरु जलेका छन्। करिब २ सय घरमा बिद्युतीय उपकरणमा क्षति पुगेको अनुमान गरिएको छ । विद्युत् लाइनको भोल्टेज नियन्त्रणभन्दा बाहिर जाँदा बस्तीका करिब दुई सय घरमा एकै साथ आगो सल्किएको गाउँपालिका अध्यक्ष एवं स्थानीय राजु आचार्यले बताउनुभयो । स्थानीयको सक्रियताका कारण घरहरुमा भने कुनै भौतिक क्षति हुन पाएन ।
नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बाँस ढलेर मेनलाइनको तार वितरण लाइनमा छोइएका कारण यो घटना घटेको बताउनुभयो । ४ सय भोल्ट भन्दा बढी बिद्युत प्रवाह हुन पुगेका कारण क्षति भएको देखिएको छ । अहिले ट्रान्समिटरबाट लाईन अलग गरि अन्य ठाउँमा बिद्युत प्रवाह गरिएको र मंगलबार देखि मर्मतको काम थाल्ने जानकारी उहाँले दिनुभयो ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’