पर्वत दुर्लुङका एक युवा एटीएम फोरेर पैसा चोरेको आरोपमा पक्राउ

पर्वत । पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा रहेको एनआईसी एसिया बैंकको एटीएम फोरेर पैसा चोर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं ३ बस्ने वर्ष २३ को कृष्णबहादुर बिक रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ गरी उनलाई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको छ ।

उनी यसअघि माछापूच्छ्रे बैंकको एटीएमबाट पैसा चोरेको आरोपमा कास्की जिल्ला अदालतबाट तोकिएको कैद भुक्तानी गरी छुटेको समेत अभिलेखबाट देखिएको प्रहरीको भनाई उद्धृत गर्दै अनलाईन खबरले समाचार प्रकाशन गरेको छ

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’