निश्चित ब्यापारी पोस्न सरकारले कर बृद्धि गरेपछि रद्द हुँदै विद्युतीय गाडीको ‘बुकिङ’,

काठमाडौं । सरकारले सय किलोवाटमाथिको विद्युतीय गाडीमा कर वृद्धि गरेसँगै विक्रेता कम्पनीले ‘बुकिङ’ रद्द गर्न थालेका छन् ।
चालू आर्थिक वर्षको बजेटबाट सय किलोवाटमाथिको विद्युतीय गाडीमा कर बढाइएको छ । सरकारले कर बढाएपछि विक्रेता कम्पनीले पनि यसअघि गरेका ‘बुकिङ’ रद्द गरेका हुन् ।

एमजी ब्रान्डको सय किलोवाटभन्दा धेरै बुकिङ भएका विद्युतीय गाडी फिर्ता भएको एमजी गाडीको आधिकारिक बिक्रेता परामाउन्ट मोटर्सले जनाएको छ । विक्रेता कम्पनीले बढेको मूल्यअनुसार गाडी ल्याएर ‘विक्री गर्न नसक्ने’ भन्दै पछि हटेका छन् । कम्पनीले सय किलोवाट विद्युतीय गाडी ‘लक्जरियस पनि नभएको र मूल्य बढ्दा विक्री गर्न समस्या हुने’ बताएका छन् ।

ती कम्पनीका अनुसार नेपालमा एमजी ब्रान्डका विद्युतीय गाडी आयात हुनेमा १ सय १४ र १ य २४ किलोवाट क्षमताका छन् । अन्तःशुल्क र भन्सार शुल्कका कारण यसअघि ५० लाख रुपैयाँमा पाउने गाडी हाल ७० लाखभन्दा बढी पर्ने देखिएको उनीहरू बताउँछन् ।
उनीहरूका अनुसार डलरको भाउ वृद्धिका कारण पनि विद्युतीय गाडीको मूल्य महँगो हुन गएको र सरकारले पुनः कर बढाउँदा झनै भार पर्न गएको हो ।

सरकारले नीति तथा कार्यक्रममा विद्युतीय गाडी प्रवद्र्धन नीति लिने गरेको छ । तर, व्यावहारिक रूपमा भने त्यस्तो नदेखिएको व्यवसायी गुनासो गर्छन् ।

गत वर्षको बजेटमा कुनै पनि विद्युतीय सवारीमा अन्तःशुल्क नराखिएको पाइएको छ । यस वर्षदेखि भने सरकारले विद्युतीय गाडीमा अन्तःशुल्क लाग्ने व्यवस्था बनाएको छ । १०० देखि २०० भन्दा कम किलोवाटको गाडीमा ३० प्रतिशत अन्तःशुल्क व्यवस्था गरिएको छ ।
त्यस्तै, २०० देखि ३०० भन्दा कम किलोवाटको गाडीमा ४५ प्रतिशत र ३०० देखिमाथिको गाडीमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ ।
यसैगरी, सरकारले विद्युतीय गाडीको भन्सार शुल्क पनि बढाइदिएको छ । चालू वर्षको बजेटमा १०० देखि २०० भन्दा कम किलोवाट क्षमताका गाडीमा १५ प्रतिशत लाग्दै आएको भन्सार शुल्क ३० प्रतिशत पु-याएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’