अरिंगालले चिलेर बाबुको मृत्युपछि बिचल्लीमा परेका बालबालिकालाई सहयोग

पर्वत/अरिंगालले चिलेर बाबुको मृत्युपछि बिचल्लीमा परेका पर्वतको कुस्मा नगरपालिका १ पाडका ६ जना बालबालिकालाई कुस्मा नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
कुस्मानगरपालिका १ पाङ नुवारका ३५ बर्षिय श्रीराम परियारको मृत्यु भएपछि बिचल्लीमा परेका बालबालिकालाई कुस्मा नगरपालिकाले २५ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
पिडीत परिवारलाई घरमा नै पुगेर कुस्मा नगरपालिकाकी उपमेयर स्वस्थानी रिजालले नगरपालिकाको तर्फबाट २५ हजार सहयोग दिने जानकारी गराउनुभएको हो छ । उहाँले बिचल्लीमा परेका बालबालिकालाई निशुल्क अध्ययनको ब्यबस्था पनि आश्वासन दिनुभयो । बाबुको मृत्युपछि २ छोरा र ४ छोरीको बिचल्ली भएको समाचार सञ्चार माध्यमबाट बाहिर आएको थियो । खबर सुनेपछि पिडीतको घरमा नै पुगेर अबस्था बारे जानकारी लिएको र नगरपालिकाको तर्फबाट आवश्यक आर्थिक तथा अन्य सहयोग गर्ने आश्वसन दिएको उपमेयर रिजालले बताउनुभयो ।


उपमेयर स्वस्थानी रिजाल र उहाँका श्रीमान रामजी रिजाल संरक्षक रहेको अरुण स्मृति अक्षयकोषबाट नगद ४ हजार १ सय तथा खाद्यान्न र लत्ताकपडा पनि सोही अबसरमा पिडीत परिवारलाई हस्तान्तरण गर्नुभएको छ । अक्षयकोषले बिपन्न बालबालिकाको शिक्षामा यस अघि देखि आर्थिक तथा शैक्षिक सहयोग गर्दै आएको छ ।
परियारको साउन १२ गते अरिंगाल पोल्ने क्रममा अरिंगालले चिलेर गम्भीर घाइते हुँदा उपचारका क्रममा मृत्यु भएको थियो । अरिगालले शरीरका बिभिन्न भागमा चिलेपछि परिवार गम्भीर घाइते हुनुभएको थियो । पर्वत, बागलुङ तथा म्याग्दीमा अरिंगाल पोल्ने गरिन्छ । जोखिमपुर्ण रुपमा हुने यस्तो कामबाट बर्षेनी धेरैले ज्यान गुमाउने तथा घाइते हुने गरेका छन । अरिंगाल स्थानिय होटलहरुमा प्रतिप्लेट १ हजार रुपैया भन्दा माथिमा बिक्री हुने गरेको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’