कालीगण्डकी उत्खननमा प्रयोग भएका सवारी साधन अनुगमन समितिद्वारा सिल


पर्वत/कालीगण्डकी नदीबाट अबैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गर्न प्रयोग गरिएका सवारी साधन जिल्ला अनुगमन समिति पर्वतले सिल गरेको छ ।
पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका विभिन्न स्थानमा पर्ने कालीगण्डकी नदीबाट अवैध रुपमा नदीजन्य पर्दाथ उत्खनन गर्न प्रयोग गरिएका ५ वटा सवारी साधन सिल गरिएको हो ।
जिल्ला अनुगमन समितिको टोलीले मंगलवार गरेको अनुगमनका क्रममा उत्खननका लागि नदी किनारमा राखिएका स्कोभेटर, डोजर र ट्रयाक्टरलाई सोही स्थानमा सिल गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । नदीबाट गिट्टी, बालुवा उत्खनन् कार्यमा प्रयोग भएका तीन वटा स्कोभेटर, एक वटा डोजर र एउटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर सिल गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुश्मा नगरपालिका वडा नं. १ स्थित राजाको बगरवाट एक÷एक वटा स्काभेटर र डोजर,जलजला गाउँपालिका वडा नं। ८ खनियाघाटवाट एकवटा स्काभेटर, वडा नं. ८ लस्ती भन्ने स्थानबाट एउटा ट्र्याक्टर तथा पर्वत जलजला गाउँपालिका वडा नं. ४ लामाखेतबाट एउटा स्काभेटर नियन्त्रणमा लिई सिल गरिएको प्रहरी नायब उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
वर्षायामको असार १५ गतेदेखि भदौ १५ गते सम्म नदी किनारवाट नदीजन्य बस्तु उत्खनन् गर्न रोक लगाएको छ तर लुकिछीपी अवैध रुपमा उत्खनन् गरेको गुनासो आएपछि अनुगमन टोली पुगेको थियो । सिल गरिएका उपकरणहरु आवश्यक कानूनी कारबाहीपछि छाडिने प्रहरीले जनाएको छ ।

नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम बि.क तथासह– संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा लगायत समितिको टोलीले कुश्मा नगरपालिका र जलजला गाउँपालिका अन्तर्गत कालीगण्डकी नदी किनारमा अनुगमन तथा निरीक्षण गरेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण