सरकारका कामकाज ‘भद्रगोल’-शासन ‘कहाँबाट सञ्चालन हुन्छ ?’ भेउपत्तो छैन, आकलझुकल सिंहदरबार आउँछन् प्रधानमन्त्री,

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्ला तीन-चार महिनादेखि सिंहदरबारस्थित सरकारी कामकाजको मुख्य थलो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित आउनै छोडेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आउन छोडेपछि मन्त्री तथा अन्य कर्मचारी ‘लगामबिनाका घोडा’जस्तै बन्न थालेका छन् । प्रधानमन्त्रीले अन्य मन्त्रीको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय नियमित अनुगमन तथा कार्यसम्पादन मूल्यांकन गर्न नसक्दा सरकारका अधिकांश कामकाज ‘भद्रगोल’ अवस्थामा पुगेका छन् ।

यसअघिका सरकारका प्रधानमन्त्रीले मन्त्री र सचिवलाई नियमित रूपमा बोलाएर अन्तक्र्रिया गर्दै ‘प्रभावकारी रूपमा काम गर्न निर्देशन दिने’ गरेका थिए । तर, देउवा प्रधानमन्त्रीका रूपमा आएपछि एक वर्षको अवधिमा सचिवसँग एकपटक मात्रै छलफल गरेको स्रोत बताउँछ । स्रोतका अनुसार देउवाले मन्त्री तथा सचिवको कार्यसम्पादनको अवस्थासमेत राम्ररी बुझ्ने प्रयास नै गरेका छैनन् । यसले गर्दा मन्त्री र सचिवमा ‘जे गरे पनि हुने’ प्रवृत्ति विकास हुँदै गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी नै बताउँछन् ।

सो कार्यालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री देउवाले सरकारी कार्यालयमा बसेर गर्नुपर्ने नियमित प्रशासनिक कामसमेत बालुवाटारमै बसेर गर्न थालेका छन् । उच्चपदस्थ कर्मचारी तथा प्रहरी सरुवा बढुवालगायत विषयमा विशेष रुचि राख्ने बालुवाटारले विकास निर्माण तथा सेवा प्रवाह प्रभावकारी बनाउने’bout विभिन्न ‘मोडल’’bout भने कहिल्यै ध्यानै नदिएको प्रधानमन्त्री कार्यालयका अधिकारीको गुनासो छ ।

सो कार्यालयमा सचिवहरूले हेर्नेगरी विभिन्न क्षेत्र निर्धारण गरिएका छन् । ती क्षेत्र हेर्ने सचिवसँग समेत प्रधानमन्त्रीले खासै सल्लाह लिने गरेका छैनन् । जसका कारण विभिन्न क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सचिवले पनि ‘कामचलाउ’ रूपमा अनौपचारिकता भूमिका निर्वाह गर्ने गरेको बताइन्छ ।

प्रधानमन्त्री कार्यालयमा प्रशासन तथा नतिजा हेर्ने भूमिकामा सचिव लक्ष्मण अर्याल छन् । ‘कुन मन्त्रायले के कस्ता काम गरे र नतिजा हासिल गरे ?’ भन्ने’bout अनुगमन गरी ‘रिपोर्ट कार्ड’ बनाउने जिम्मेवारी सचिव अर्यालको काँधमा छ ।

– तीन–चार महिनादेखि नियमित आउनै छोडे

– सबै प्रशानिक काम बालुवाटारबाटै

– ‘कमाउ’ धन्दामा लाग्न पाउँदा मन्त्रीलाई रिल्याक्स

– शासन ‘कहाँबाट सञ्चालन हुन्छ ?’ भेउपत्तो छैन

तर, प्रधानमन्त्री कार्यालयले ‘कुनै पनि मन्त्रालयको रिपोर्ट कार्ड बनाउन’ सकेको छैन । आर्थिक पूर्वाधार क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सचिव दिनेश भट्टराईले पनि भूमिकाअनुसारको काम गर्न सकेका छैनन् ।

प्रधानमन्त्री र उनको टिमले सचिव भट्टराईसँग बसेर ‘मुलुकको पूर्वाधार विकासको अवस्था कस्तो छ ? र यसमा सुधार गर्न कसरी सकिन्छ ?’ भन्ने’bout कुनै छलफल गर्न सकेको छैन ।

त्यस्तै, सुशासन र राष्ट्रिय सुरक्षा हेर्ने जिम्मवारीमा रहेका सचिव सूर्य गौतमसँग पनि प्रधानमन्त्रीको टिमले ‘घनीभूत छलफल गरी नयाँ योजना बनाउन’ सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मुख्य ‘हेड’को भूमिकामा रहने प्रधानमन्त्री स्वयं कार्यालयमै आउन छोडेपछि अन्य निकायले ‘राम्ररी काम गर्न नसक्ने’ प्रशासनविद्को भनाइ छ । यस्तो अवस्थामा मुख्य सचिवले प्रधानमन्त्रीलाई ‘काउन्सिलिङ’ गरी नियमित सिंहदरबारमै आएर सरकारी कामकाज गर्न सल्लाह दिनुपर्नेहुन्छ ।

तर, मुख्य सचिव शंकरदास वैरागीले यस विषयमा प्रधानमन्त्रीलाई ‘खासै झकझकाउने’ काम गर्न सकेका छैनन् । उल्टै मुख्य सचिव वैरागी दिनहुँजसो फाइल बोकेर बालुवाटार धाउन बाध्य हुने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सो कार्यालयका एक सहसचिवका अनुसार प्रधानमन्त्री देउवा कार्यालयमा आउन छोडेपछि तीन महिनादेखि कार्यालय कर्मचारीको कार्यसम्पादन पनि ह्वात्तै घट्न पुगेको छ ।

उता, मन्त्रालयका मन्त्री भने ‘मौका यही हो’ भन्दै सुधार र सेवा प्रवाहभन्दा ‘कमाउधन्दा’मै बढी लिप्त भइरहेको प्रधानमन्त्री कार्यालयका अधिकारीको दाबी छ ।

‘अहिले त यति धेरै विकृति बढेको छ कि जसलाई जे गर्न मर्न लागे पनि गरे हुने भएको छ, दण्डहीनता निकै मौलाएको छ, कसैलाई कसैसँग डरत्रास छैन,’ प्रधानमन्त्री कार्यालयका एक उपसचिवले राजधानीसँग भने, ‘प्रधानमन्त्री पनि धेरै महिनादेखि आउनै छोड्नुभएको छ, देश कहाँबाट कसले कसरी चलाएको छ ? हामीलाई पनि पत्तो हुन छोड्यो ।’

सात सचिव, परिणाम न्यून, कोही बरन्डामै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले ७ सचिव छन् । तर, उनीहरूले ‘परिणाम’ दिनेगरी कुनै काम गर्न सकेका छैनन् । एक सचिवले त जिम्मेवारी नै पाउन सकेका छैनन् ।

प्रधानमन्त्री कार्यालयमा आउने सचिवले ‘आफूलाई अन्यत्रबाट फालेर डम्प बनाउन प्रधानमन्त्री कार्यालय ल्याइएको’ अनुभूति गर्ने गरेका छन् । अहिले प्रधानमन्त्री कार्यालयमा प्रशासनतर्फका लक्ष्मण आचार्य, दिनेश भट्टराई, सूर्य गौतम र यादव कोइराला रहेका छन् भने कानुनतर्फ धनराज ज्ञवाली तथा इन्जिनियरिङतर्फ सुरेश आचार्य र स्वास्थ्यतर्फ खगेन्द्र नेपाल छन् ।

त्यति धेरै संख्यामा सचिव रहे पनि सबैले आफूलाई ‘अन्यत्रबाट मिल्काएर प्रधानमन्त्री कार्यालय ल्याइएको’ भन्दै ‘परिणाम दिनेगरी काम गर्न अनिच्छुक हुने गरेको’ स्रोतले जनायो ।

दुई सचिव पूर्ण ‘कामविहीन’
केही दिनअघि मात्रै शिक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगिएका सचिव यादव कोइरालालाई प्रधानमन्त्री कार्यालयले अझै बस्ने कोठा व्यवस्था गर्न सकेको छैन । बस्ने कोठा व्यवस्था नहुँदा सचिव कोइरालालाई कार्यालय आउनसमेत कठिन हुने गरेको छ ।

त्यस्तै, स्वास्थ्य सेवातर्फका सचिव खगेन्द्र नेपाललाई पनि खासै जिम्मेवारी दिइएको छैन । लामो समयदेखि उनलाई ‘डम्प’ गरेर राखिएकाले उनको मनोबल खस्कन पुगेको प्रधानमन्त्री कार्यालयकै एक अधिकारीले बताए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण