ए सरकार तिमी कहाँ छौ ?

-डा. झलक गौतम

ए सरकार
तिमी कहाँ छौ
गठमा छौ कि
बन्धनमा ?
उ त्यता प ऽ र
बाजुरा मुक्तिकोट तिर
आँखा खोलेर हेर त
ठ्याक्कै तिम्रि आमा जस्तै
कार्तिका बि क हरु
रगतको आहालमा ढुब्दै
ताहाड खोलाका तिर तिर
बन,खेत,खलियान र चौबाटाहरुमा
सन्तान जन्माउन अभिशप्त छन्।
उफ् उफ् उफ्
कठै कठै कठै
नमन नमन नमन
आमा दिदी बहिनीहरु
हाम्रा धरतीहरु ।
सरकार
तिम्ले अझै आँखा चिम्म गरेर
स्वास्थ्य संस्था
स्वास्थ्यकर्मी बिहिन बनाउ
तिम्रो जय जय होस !
मेरो कामना
भोलि यहि सन्तान
देशको सर्बोच्च पदमा पुगोस र
क्षतिपूर्ति सहित
तिम्रो हिसाब किताब मागोस।

राम्जा पर्वत

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ