कुस्मामा महिलाहरुको लगानीमा सवा करोड शेयर पुंजी भएको सहकारी सञ्चालनमा
पर्वत/ सदरमुकाम कुस्मामा महिलाहरुको मात्रै लगानीमा मिलनचोक बहुउदेश्यीय सहकारी संस्था संचालनमा आएको छ । महिलाले सञ्चालन गरेको सहकारीको कुस्मामा एक समारोहका बिच बिहीबार उद्घाटन गरिएको छ ।
मिना थापा बाँनियाको नेतृत्वमा स्थापना गरिएको सहकारीमा ५९ जना शेयर सदस्य रहेका छन । संस्थाको कुल शेयर पुंजी १ करोड २४ लाख रहेको छ । सहकारीले उद्घाटन संगै कारोबार समेत थालेको छ ।
सहकारीले बचत तथा ऋणको कारोबार मात्रै नगरी उत्पादनमुलक क्षेत्रमा समेत लगानी गर्ने योजना बनाएको अध्यक्ष मिना थापा बानियाँले बताईन । यो सहकारीलाई महिलाहरु पनि ह् सक्षम छन् भन्ने उदाहारण मिलनचोक बहुउदेश्यीय सहकारी संस्थाले देखाउने बिश्वास पनि ब्यक्त गरिन । कोेभिडपछि देखिएको आर्थिक मन्दीको समयमा बिपन्न र आर्थिक अभाब झेल्दै गरेका समुदायलाई निशुल्क खाता खोल्ने र सुलभ कर्ज प्रबाह हुने उपाध्यक्ष तिवारीको भनाई छ ।
सहकारीको उद्घाटन कार्यक्रममा सल्लाहकार गोबिन्द अधिकारी, लेखा संयोजक होमनाथ ढकाल, सचिब सुनिता आचार्य, कोषाध्यक्ष ज्योती रसाइलीले सहकारीका बिबिध आयमका बारेमा धारणा राखेका थिए ।