कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

पर्वत /जिल्लाको कुश्मा नगरपालिकामा आर्थिक वर्ष २०७९÷८० का लागि ८९ करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत भएको छ । कुश्मा नगरपालिकाको चालु तर्फ ५५ करोड १९ लाख र पूँजीगत खर्च तर्फ एकमुष्ठ ३४ करोड ७१ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

नगर उपप्रमुख स्वस्थानी रिजालले  सार्वजनिक गरेको बजेट नगर सभाले पारित गरेको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ १७ करोड ५५ लाख, वडागत योजना तथा कार्यक्रम तर्फ ५ करोड १० लाख, आर्थिक विकास तर्फ २ करोड ४० लाख, सामाजिक विकास तर्फ ३ करोड ६१ लाख बिनियोजन १० हजार भएको छ ।

संस्थागत सेवा प्रवाह तथा सुसासन तर्फ ८० लाख, बन, वातावरण, विपद तथा फोहोरमैला व्यवस्थापन तर्फ १ करोड ७५ लाख, समपुरक कोष तर्फ ३ करोड २५ लाख ५० हजार रुपैयाँ बिनियोजन भएको छ । मर्मतसंभार कोषमा २० लाख, भैपरी र आकस्मिकमा नगर कार्यापालिकाको निर्णय विमोजिम सञ्चालन गर्न पाउने योजना तथा कार्यक्रमका लागि १ करोड र संघीय तथा प्रदेश सरकारबाट खर्च हुने योजना तथा कार्यक्रमका लागि ५४ करोड २३ लाख ४० हजार खर्च बिनियोजन गरिएको छ । ११ औ नगर अधिवेशनमा नगर प्रमुख रामचन्द्र जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नगरले कृषि, स्वरोजगार र भौतिक पर्वाधारलाई मुख्य प्राथमिकता दिएको छ ।

 

वैज्ञानिक कृषि विमा लागु गर्ने, कृषिमा आधुनिकीकरण, कृषकले उत्पादन गरेका बस्तुको बजारीकरण गर्ने, बाँझो जमिनको उपयोग र जमिनको चक्लाबन्दीमा नगरले प्राथमिकता दिएको छ । उन्नत जातका पशुपालक कृषकलाई अनुदानमुलक कार्यक्रम गरिने भएको छ । पर्यटन, शिक्षा र आर्थिक विकासका कार्यक्रमलाई जोड दिईने पनि नगरप्रमुख रामचन्द्र जोशीले बाए । नगरको गौरबको गौरबको आयोजनामा सडक कालोपत्रेलाई लिईएको छ ।विभिन्न वडा जोड्ने सडक कालोपत्रे गर्ने कार्य गौरबको आयोजनामा समेटिएको हो ।

त्यसैगरी कुश्मा चक्रपथ बनाउने, कुश्मामा सिटी हल र बसपार्क बनाउने कार्यलाई समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कुश्मा ५ मा आकर्षक घण्टाघर निर्माण गरिने भएको छ । विद्युतका काठे पोल विस्थापन गरिने, विष्णु वाटीका, ओम पार्क, अमृत स्मृति पार्कको निर्माण र विकास गरिने भएको छ । कुश्माका सवै वडा र पर्यटकीय स्थलमा पुग्ने छोटो र वातावरण अनुकुलीत सवारीसाधन संचालनमा पहल गरिने,गर्भवती र सुत्केरी संग उपप्रमुख कार्यक्रम लगायतका कार्यक्रमहरु पनि समेटिएको उपप्रमुख स्वस्थानी रिजालले बताईन ।

बजेट वक्तव्यको लिंक :
नीति कार्यक्रमको पुर्ण पाठ :

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण