जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

पर्वत / जिल्लाको जलजला गाउँपालिकाको आर्थिक बर्ष ०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ । शुक्रबार बसेको १२ औ गाउँसभाले अध्यक्ष राजु आचार्यले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले पेश गरेको बजेट पारित भएको हो ।

बार्षिक नीति तथा कार्यक्रम र बजेटमा कृषि र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । जलजलामा आर्थिक उपार्जनको मुख्य स्रोतका रुपमा रहेको कृषि तथा पशुपालनको उत्पादन र उत्पादकत्व बृद्धि गर्दै समग्र कृषिको आधुनिकीकरण, ब्यावसायिकरण र यान्त्रिकरणको नीति अवलम्बन गर्दै योजनाबद्ध सामुहिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने अध्यक्ष राजु आचार्यले बताए ।

आचार्यका अनुसार भौगोलिक क्षेत्र, हावापानी, माटो र वातावरण अनुकुलको उच्च प्रतिफल दिने कृषि बाली तथा पशुपन्छीपालनको संभाब्यता अध्ययनबाट ठाउँ सुहाउँदो उत्पादनलाई प्रबद्र्धन गर्न पकेट क्षेत्र कार्यक्रम गरिनेछ । गाउँपालिकाभित्र उत्पादन हुने विभिन्न ताजा तरकारी आलु, धान, मकै तथा बेमौसमी तरकारी, फलफुललगायतका फसलको उत्पादन बृद्धिका लागि ब्लक, पकेट क्षेत्र अध्ययन गरी बिभिन्न कृषि उपज उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइने अध्यक्षले नीति तथा कार्यक्रममा उल्लेख गरे । ‘हाम्रो उद्देश्य कृषिक्षेत्रको उत्पादन बृद्धि होस, यहाँका हरेक घरपरिवारले कृषि उत्पादनबाट राम्रो आम्दानी गर्न सकुन र घरमै बसेर स्वरोजगार बनुन भन्ने हो’ आचार्यले भने । आगामी आर्थिक बर्ष जलजला गाउँपालिकाले कृषिमा एक करोड ३० लाख कृषिको बजेट एक करोड ७० लाख पु¥याएको छ । चालु आर्थिक बर्ष जलजला गाउँपालिकामा कृषितर्फ ४० लाख बजेट बिनियोजन भएको थियो ।

यसैगरी गाउँपालिकाले शिक्षा क्षेत्रमा पनि बजेट बृद्धि गरेको छ । चालु आर्थिक बर्ष एक करोड बजेट शिक्षामा बिनियोजन गरेको जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेटमा ७० लाख रुपैयाँ थप गरी एक करोड ७० लाख पु¥याएको छ । सामुदायिक बिद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्न विशेष अभियान सञ्चालन गर्नेगरी जलजला गाउँपालिकाले १८ दशमलब ८८ प्रतिशत बजेट बिनियोजन गरेको उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए ।

जलजला गाउँपालिकाले कृषिमा एक करोड ७० लाख ९१८ दशमलब ८८ प्रतिशत०, स्वास्थ्यमा ६० लाख ९६ दशमलब ६६ प्रतिशत०, पशु सेवामा ६० लाख ९६ दशमलब ६६ प्रतिशत०, पुर्वाधार विकासमा दुई करोड ९२२ दशमलब २२ प्रतिशत०, सुशासन तथा संस्थागत विकासमा पाँच लाख ९० दशमलब ५६ प्रतिशत०, वातावरण तथा विपद् ब्यवस्थापनमा ५० लाख ९५ दशमलब ५५ प्रतिशत०, पर्यटन १० लाख ९१ दशमलब ११ प्रतिशत०, महिला बालबालिका तथा जेष्ठ नागरिक ४० लाख ९४ दशमलब ४४ प्रतिशत० बजेट बिनियोजन गरेको छ ।

त्यसैगरी बिधेयक तीन लाख ९० दशमलब ३३ प्रतिशत०, भैपरी विविध नौ लाख ९१ प्रतिशत०, युवा तथा खेलकुद १० लाख ९१ दशमलब ११ प्रतिशत०, मेसिन उपकरण ६० लाख ९६ दशमलब ६६ प्रतिशत०, समुहमार्फत साझेदारी कोष कार्यक्रम ४० लाख ९४ दशमलब ४४ प्रतिशत०, न्यायिक समिति तीन लाख ९० दशमलब ३३ प्रतिशत० र खानेपानी सिंचाईका लागि भैपरी बिविध १० लाख २८ हजार ९१ दशमलब १४ प्रतिशत० गरी नौ करोड २८ हजार बिकास बजेट बिनियोजन गरिएको छ ।

जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले गाउँपालिकामा आगामी आर्थिक बर्षमा कुल बजेटको आकार ४९ करोड ६५ लाख २८ हजार रुपैयाँको अनुमान गरिएको जानकारी दिए । क्षेत्रीले बजेटले कृषि र शिक्षामा ठुलै परिवर्तन ल्याउने उद्देश्यले बजेटमा प्राथमिकतामा परेको पनि बताए । उनले जलजला गाउँपालिकाको १२ औ गाउँसभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र त्यसका लागि सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेतालगायत सबैलाई धन्यबाद पनि दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण