प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

काठमाडौँ/प्रचण्डले ‘संगीन आरोपपत्र’ फिर्ता लिएको भए पार्टी विभाजन हुनबाट जोगिन्थ्यो कि भन्ने अहिले पनि लागिरहेको नेकपा एकता राष्ट्रिय अभियानका नेता वामदेव गौतमले बताएका छन्।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले भने, ‘सायद त्यतिबेला प्रचण्डले त्यो आरोपपत्र फिर्ता लिएँ भन्नुभएको भए पार्टी फुट्नबाट जोगिन्थ्यो कि भन्ने आज पनि मलाई लाग्छ।’

उनले नेकपा विभाजन हुने बेला प्रचण्ड र ओलीबीच भएको संवादको बारेमा जानकारी दिँदै नेकपा विभाजनप्रति पश्चाताप गरेका हुन्।

‘ओलीजीले मलाई लगाइएको संगीन आरोप जुन छ, त्यो फिर्ता गरौं भन्नुभयो, प्रधानमन्त्री छाड्ने र अर्कोलाई बनाउने विषयमा थोरै छलफल भयो’, वामदेवले भने, ‘तर त्यसलाई अघि बढाउन सकिएन। तर, संगीन आरोपपत्र फिर्ता लिन मैले सक्दिँन भनेर प्रचण्डले भन्नुभयो। सायद, त्यतिबेला प्रचण्डले त्यो आरोपपत्र फिर्ता लिएँ भन्नुभएको भए पार्टी फुट्नबाट जोगिन्थ्यो कि भन्ने आज पनि मलाई लाग्छ।’

प्रचण्डले आरोपपत्र फिर्ता लिन नमानेपछि प्रचण्डलाई पुनः अनुरोध गरेको उनले स्मरण गरे।

‘प्रचण्डले अस्वीकार गर्नुभयो, त्यसपछि मैले ओलीकै अगाडि भनेँ। यो आरोपपत्र बीचमै हामीले सम्झौता गरेर फिर्ता लिनपर्ने आवश्यक्ता पर्न सक्छ। यो उपलब्धि जोगाउनपर्छ भनेर फिर्ता लिन भनेँ, तर प्रचण्डले मान्नुभएन,’ गौतमले भने, ‘यो सबै सिर्जना गर्ने तपाईं हो मेरो नाम मात्र परेको हो, वास्तवमा नाम तपाईंकै राख्नपर्ने हो।’

ओली र प्रचण्डले बोलाउँदा आफू कतैतिर पनि नगएको उनले बताए। ‘एकथरी कमरेडहरु विभाजित भएर लाग्नुभयो, मलाई मन परेन। ओलीले बोलाउनुभयो म आउन सक्दैन भनेँ, प्रचण्डले भन्नुभयो म तपाईंकोमा पनि आउन सक्दिनँ भनेँ,’ गौतमले भने, ‘एकताका लागि निरन्तर प्रयास गर्छु भनेँ। छलफलको दौरानमा हामीले पार्टी एकता राष्ट्रिय अभियान निर्माण गर्ने निर्णय गर्यौं। म जानपथ्र्याे कि जान हुँदैन थियो भन्ने मैले आफैंलाई सोधेँ। अनि मैले जान हुँदैन थ्यो भनेँ।’

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण