मानवअधिकार सम्बद्र्धनका लागि स्थानीय तहले चासो दिनुपर्छ ः उपप्रमुख जिसी

पर्वत/मानव अधिकार बर्ष पुस्तकमा प्रकाशनका लागि पर्वत जिल्लामा प्रलेखिकरण गरिएका घटनाहरुको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । सन् २०२२ को जनवरी महिना देखि जुन महिनाको हाल सम्म संकलन तथा अभिलेखिकरण भएका विभिन्न १७ वटा घटनाहरुको समिक्षा गरिएको हो ।
समिक्षाका क्रममा इन्सेक प्रतिनिधि सन्तोष थापाले १० वटा घरेलु हिंसा, ४ वटा बाल यौन दुव्र्यबहार, १ वटा जवर्जस्ती करणी उद्योग, १ वटा हत्या र १ वटा अपहरणको घटना सार्वजनिक गर्नुभएको थियो । उक्त घटनाहरु माथि छलफल गर्दै सहभागीले मानवअधिकारका सवालमा स्थानीय तहले चासो दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसीले पर्वत जिल्लाभर भइरहेका घटनाक्रमहरु हेर्दा जलजला गाउँपालिकामा धेरै मात्रामा महिला तथा बालबालिका हिंसाका घटना बढि रहेको पाइएकोले स्थानीय तहले पनि त्यस तर्फ चासो दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाका सवै स्थानीय तहलाई मानव अधिकारका क्षेत्रमा जनचेतना अभिबृद्धि गर्ने खालको नीति कार्यक्रम ल्याउन सुझाव दिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, जिल्ला प्रशासन कार्यालय पर्वतको मुद्धा शाखाका इञ्चार्ज रामचन्द्र गौतम, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य माया अधिकारी लगायतले पर्वत जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा धारणा व्यक्त गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’