‘अल्पमत कार्यपालिका सदस्यले निर्णय पुस्तिका तयार गरेका कारण बिबाद’

पर्वत । जिल्लाको जलजला गाउँपालिकाको कार्यपालिका वैठकमा मनोमानि ढङगले निर्णय पुस्तीकामा निर्णय गरेको भन्दै एक तिहाई बढि सदस्यहरुले त्यसको विरोध गरेका छन् ।
अध्यक्ष राजुप्रसाद आचार्यले समन्वय नगरी, निर्णय गरेको भन्दै १७ मध्ये ११ कार्यपालिका सदस्यहरुले बिज्ञप्ती जारी गर्दै त्यसको विरोध गरेका हुन ।
कुल १७ कार्यपालिका सदस्य रहेको जलजला गाउँपालिकामा नेकपा एमालेका ११ र गठबन्धनको तर्फबाट ६ जनाको कार्यपालिकामा प्रतिनिधित्व छ । अध्यक्ष आचार्यले विषयगत समितिको जिम्मेवारी तोक्दा आफू निकट कार्यपालिका सदस्यलाई मात्र तोकेको भन्दै एमालेका जनप्रतिनिधिहरुले त्यसको विरोध गरेका छन ।

कांग्रेस र माओवादीको तर्फबाट अध्यक्ष र उपाध्यक्ष , ४ वडाअध्यक्ष मात्र कार्यपालिकामा छन् । ४ वडा सवैलाई जिम्मेवारी दिने तर एमालेका ११ कार्यपालिका सदस्यलाई बाहिर राख्ने निर्णयको विरुद्ध जनप्रतिनिधिहरुले विरोध गरेका छन चित जनप्रतिनिधिहरुले निर्णय पुस्तीका नियन्त्रणमा लिएका थिए ।

गाउँपालिकाको बजेट तयार गर्ने तथा नीति र कार्यक्रम तयार गर्ने बेलामा कार्यपालिका भित्रको विवाद छताछुल्ल भएको छ । यस अघि नेपाली कांग्रेसको एकल बहुमत रहेको उक्त पालिकामा माओवादीसंग कांग्रेसले गठबन्धन गरेर निर्वाचन लडे पछि एमालेको दुई तिहाई नजिकको बहुमत पुगेको छ । यस अघि एकल बहुमत भएको हुँदा सहज ढङगले सञ्चालन भएको जलजला गाउँपालिकामा अव भने शक्ति सन्तुलन विग्रेका कारण विवाद शुरु भएको हो ।

गाउँपालिकाका संस्थापक अध्यक्ष यामबहादुर मल्लले सहमती, सहकार्य र एकताका साथ गाउँपालिका सञ्चालनमा सवैले सहयोग गर्न आग्रह गरेका छन् । उता, एमालेका गाउँकमिटि अध्यक्ष लालबहादुर अधिकारीले भने बलमिचाई गरेर निर्णय गर्नु गाउँपालिकाको लागि प्रतिपादक हुने टिप्पणी गरेका छन् ।
अध्यक्ष आचार्यले भने सवै पक्षलाई समेटेर गाउँपालिका अघि बढ्ने गरी सम्बाद भईरहेको जनाएका छन् ।उता, निर्णय गर्ने सदस्यहरुले भने बहुमत सदस्यहरुले निर्णय पुस्तिका नै नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन -यस्तो छ बिबादको कारण

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख