प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने, धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाण्डौ /काठमाण्डौ उपत्यकासहित आसपासमा क्षेत्रमा गएराति ठूलो पानी नपरे पनि अन्य क्षेत्रमा भने ठूलो पानी परेको छ।

विशेषगरी प्रदेश-१, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा गएराति ठूलो पानी परेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । झापा, सप्तरी र सिन्धुलीमा ठूलो वर्षा भएको छ । अहिले भने देशका धेरै ठाउँका पानी पर्न रोकिएको छ, घाम लागेको छ ।

आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

प्रदेश-१ को एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले यो प्रदेशका पहाडी क्षेत्रमा पहिरो र नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाे छ । बाढी डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन -यस्तो छ बिबादको कारण

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख