पर्वतको जलजलामा अध्यक्षले एकलौटी समितिका संयोजक घोषणा गरेपछि बिबाद


पर्वत/पर्वतको जलजला गाउँपालिकामा अध्यक्षले एकलौटी रुपमा बिषयगत समितिका संयोजक तोकेपछि बिबाद भएको छ ।
गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले चार वटा बिषयगत समितिका संयोजक एकलौटी रुपमा तोकेर निर्णय गराउने प्रयास गरेपछि बिबाद भएको हो ।
लामो समय देखि बिषयगत समिति गठनमा गठबन्धन र नेकपा(एमाले)का बिचमा सहमति कायम हुन सकेको थिएन । जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष गठबन्धनले जितेको छ भने कार्यपालिका र गाउँसभामा एमालेको बहुमत छ । शनिबार बसेको कार्यपालिका बैठकमा सहमति नभएको भन्दै अध्यक्ष राजुप्रसाद आचार्यले चारवट बिषयगत समितिका संयोजक तोक्ने तथा बजेट र निति तथा कार्यक्रम समेत एमालेको सहमति नभएपनि ल्याउने निर्णय लेखेपछि एमालेका जनप्रतिनिधीले निर्णयपुस्तिका नियन्त्रणमा लिएका छन ।
अध्यक्ष आचार्यले आर्थिक बिकास समितिमा हरिविकास जिसी, सामाजिक विकासमा गौबहादुर पुन, वातावरण तथा विपदमा बलबहादुर पुन र पूर्वाधार विकास समितिमा टुंगनाथ आचार्यलाई संयोजक तोकेका थिए । सबै संयोजक गठबन्धनका दलबाट छन । तर एमालेका प्रतिनिधीहरुले ६ वटा बिषयगत समिति मध्ये गठबन्धन र एमालेले ३÷३ वटा समितिको सयोजक बनाउन सहमति जनाएका थिए । एमालेले सामाजिक बिकास, आर्थिक बिकास र वातावरण तथा बिपद् समितिमा दाबी गरेको थियो । तर गठबन्धनमा सामेल नेपाली कांग्रेस र माओबादीले सामाजिक बिकास र आर्थिक बिकास समितिको नेतृत्व नछाडेपछि सहमति कायम हुन नसकेको हो ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले सहमतिको अधिकतम प्रयास गर्दा पनि सहमति कायम नभएकाले ऐनले दिएको अधिकार प्रयोग गरेर समितिको संयोजक ताकेको बताए । ‘सहमतिको प्रयास गर्दा पनि बहुमतको अडान नछाडेका कारण अधिकार प्रयोग गरेको हुँ।’उनले भने ‘सहमतिका लागि अझै पनि तयार छु, बहुमतका नाममा सबै निर्णय मान्न सकिदैन ।
नेकपा(एमाले)बाट निर्वाचित कार्यपालिका सदस्य तथा जलजला ५ का वडा अध्यक्ष तिलक जिसीले भने ३, ३ वटा समितिको नेतृत्व गर्ने गरि सहमतिको प्रयास गर्दा पनि जर्बजस्ती अल्पमतको निर्णय लाद्न खोजेका कारण सहमति हुन नसकेको बताए । ‘एकलौटी र मनोमानी हिसाबले अघि बढ्न खोजेका कारण बिबाद भएको हो।’ उनले भने ‘कार्यपालिका र गाउँसभाको बहुमतलाई पेलेरै जाने निति लिए सम्म सहमति हुन्न, सबैलाई मिलाएर जाने दायित्व अध्यक्षको हो।’ उनले गाउँपालिकाकाले संघीय ऐनको प्रतिकुल हुने गरि गाउँपालिका कार्यसम्पादन नियमावली बनाएको र त्यसकै आधारमा अघि बढेमा थप समस्या आउन सक्ने चेतावनी पनि दिए ।
गाउँपालिकाकाको तर्फबाट निर्णयपुस्तिका कब्जा गरेको आरोपमा एमालेबाट निर्वाचित दुई जना सदस्यलाई काबार्ही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिइएको छ भने प्रबक्ता हरिबिकास जिसीले बिज्ञप्ती समेत निकालेर बिरोध जनाएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

दुर्घटना घटाउन पर्वतमा ट्राफिक प्रहरीको सक्रियता – ग्रामीण क्षेत्रमा ‘चेकिङ’, विद्यार्थीलाई प्रशिक्षण

पर्वतको धाइरिङ घटनाका पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारसँग सांसद गिरीको माग

पर्वतको धाईरिङका स्थानियको गुनासो- बिधुतका पोलमा अागो लाग्दा पनि बिधुतका कर्मचारीले फोन उठाएनन

गण्डकी, कर्णाली र सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना

बिचौलियाले ढाकिन थाले सरकारी कार्यालय, संघीय शासन प्रणालीलाई कडा चुनौती