बिहान र दिउँसो चर्को घाम, रातभर झरी : भिरालो जमिनमा बसोबास गर्नेलाई चनाखो हुन आग्रह

काठमाण्डाै /रातभर पानी परे पनि अहिले देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएराति देशका धेरै ठाउँमा लागातार पानी पर्दा ठाउँ-ठाउँमा पहिरो गएको छ ।

पहिरोको कारण मुख्य राजमार्गमा गाडीको चाप परेको छ । तर, बिहान भएसँगै पानी पर्न रोकिएको छ । केही दिनदेखि रातमा झरी पर्ने र दिउँसो घाम लाग्ने भइरहेको छ । मौसमविद् वरुण पौडेलका अनुसार अबको केही दिन रातभर पानी पर्ने र बिहान, दिउँसो चर्काे घाम लाग्ने अनुमान गरिएको छ ।

बर्खामा मनसुनको जलवाष्पयुक्त हावाका कारण रातको समयमा बादल बन्न सजिलो हुने भएकाले रातभरी पानी पर्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । आज पनि बिहान र दिउँसोको समयमा चर्को घाम लाग्ने र राति पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो।

राति पानी पर्ने भएकाले भिरालो जमिनमा बसोबास गर्नेलाई चनाखो भएर सुत्न मौसमविद्को आग्रह छ । सकेसम्म पहिरोको जोखिम रहेका ठाउँमा नबस्न र बस्नै परे चनाखो हुन मौसमविद्को सुझाव छ।

यस्तै, आज मनसुन सक्रिय रहेको चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ सहित लुम्बिनी र सुदूरपश्चिममा पनि पानी पर्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मनसुन सक्रिय छैन । तर मनसुनको आंशिक प्रभाव र त्यहाँ विकसित भएका स्थानीय वायुको प्रणालीका कारण आज त्यस क्षेत्रमा पनि पानी पर्ने मौसमविद्ले बताएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’