संसद गिरीको आरोपः शिक्षा क्षेत्र अस्तव्यस्त हुँदा सरकार मुकदर्शक बन्यो

पर्वत । देशको शैक्षिक क्षेत्र अस्तव्यस्त रहेका बेला सरकारले शिक्षामा छुट्याएको बजेटप्रति संसदमा असन्तुष्ट व्यक्त भएको छ । पर्वतका एमाले सांसद पदम गिरीले शिक्षामा छुट्याइएको बजेटले शैक्षिक पूर्वाधार र प्रविधिको विकास सम्भव नहुने टिप्पणी गरे ।

संसद बैठकमा बोल्दै उनले समाजवादको नारा दिएको सरकार व्यवहारमा उल्टो बाटो हिँडिरहेको आरोप लगाएका थिए ।‘नर्कको ठेगाना लिएर स्वर्गमा पुगिँदैन । तर यो सरकारका गतिविधि भने त्यतैतिर परिलक्षित छन्,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयमा ५ महिनादेखि तालावन्दी जारी रहँदा सरकार मुकदर्शक बनेको पनि गिरीको आरोप छ । विश्वविद्यालयका उपप्राध्यापकलाई गठवन्धननिकटकै विद्यार्थी संगठनले सांघातिक आक्रमण गरे पनि आक्रामणकारीमाथि कारवाही नभएको उनले बताए ।

 

‘अदालतले उनीहरुलाई ३५ लाख धरौटीमा छोडेको छ । त्यो धरौटी पनि विश्वविद्यालयले तिर्नुपर्ने भनिरहेका छन्,’ गिरीले भने ।

सरकारले विद्यालयहरुमा पाठ्यपुस्तकसमेत पुर्याउन नसकेको भन्दै गिरीले आलोचना गरे । कक्षा १ देखि १० सम्म अध्ययनरत ६४ लाख ५ हजार ३३२ जना विद्यार्थीका लागि जनक शिक्षा सामग्री केन्द्रले पर्याप्त पाठ्यपुस्तक छाप्न नसकेको उनको भनाइ छ ।

गिरीले शिक्षामा बजेट नै कटौति भएको दावी समेत गरे । उनले भने, ‘शिक्षा क्षेत्रमा १०.९५ प्रतिशत मात्रै बजेट छ्याइएको छ । अंकमा हेर्दा ०.३ प्रतिशत वृद्धि देखिन्छ । तर, यो खासमा वृद्धि होइन । शिक्षकहरुको तलव नै १५प्रतिशतले बढाइएको अवस्थामा यो वृद्धिले थेग्न सक्दैन । शैक्षिक पूर्वाधार र प्रविधिलाई पर्याप्त बजेट दिइएको छैन ।’

गिरीले संघीय शिक्षा ऐन ल्याएर सामुदायिक विद्यालयहरु मर्ज गर्नुपर्ने धारणा राखे ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागकाे आग्रह