पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत/पर्वतको महाशिला गाउँपालिकाको कार्यपालिका सदस्य पदमा नेकपा(एमाले)का उमेदवार सर्वसम्मत निर्वाचित भएका छन ।
कार्यपालिका सदस्य पदको निर्वाचनमा नेकपा(एमाले)को तर्फबाट मात्रै उमेदवारी परेका कारण कार्यपालिका सदस्य निर्बीरोध निर्वाचित भएका हुन ।
कार्यपालिका सदस्यमा निर्वाचित सदस्य मध्येबाट एमालेका तर्फबाट चार जना महिला उमेदवार तथा खुल्ला तर्फ दलित तथा अल्पसंख्यकबाट पनि दुई जना सदस्य एमालेकै उमेदवारको मात्रै उमेदवारी परेको छ । ४ जना कार्यपालिका सदस्यमा गिता सुनार, कल्पना क्षेत्री, निरुमाया नेपाली र जैपदी मल्ल निर्वीरोध निर्वाचित भएका हुन भने दुई जना दलित तथा अल्पसंख्यक सदस्यमा बिष्णुराम बिक र झलक नेपाली निर्वाचित भएका हुन ।
महाशिलामा नेकपा(एमाले)का तर्फबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित २६ जना निर्वाचित भएका छन भने गठबन्धनको तर्फबाट एक वडा अध्यक्ष सहित ५ तथा राप्रपाका तर्फबाट एक जना सदस्य निर्वाचित भएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन -यस्तो छ बिबादको कारण

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख