पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

फाइल फोटो

-रामप्रसाद अधिकारी

विश्व मानचित्रमा पर्वत:
नेपालका ७७वटा जिल्लाहरु मध्य पहाडी प्रदेशमा रहेर पनि ज्यादै महत्वपूर्ण जिल्ला पर्वत हो।यसको
अक्षांशिय फैलावट २८डिग्री ००मिनट र १९ सेकेंड देखि २८ डिग्री २३ मिनट ५९ सेकेंड उत्तरी अक्षांस र देशान्तरीय फैलावट ८३ डिग्री ३३ मिनट ४० सेकेंड पूर्वी देशान्तरमा फैलिएको छ ।त्यसैले पर्वत उत्तरी समशितोष्ण मंडल र पूर्वी गोलार्धमा फैलिएको छ। समुन्द्र सतहवाट उचाईका हिसावले यस जिल्लाको सवै भंदा होचो भाग सेतीवेणी ५२०मि. र सवै भन्दा अग्लो भाग हम्पालको लेक ३३०९ मिटर रहेको छ।
सिमाना तथा क्षेत्रफल
यस जिल्लाको पूर्वमा कास्कि र स्यांग्जा,दक्षिणमा स्यांग्जा र गुल्मी,पश्चिममा गुल्मी,वागलुंग र म्याग्दी
र उत्तरमा म्याग्दी जिल्ला पर्दछन ।कुल क्षेत्रफल ४१४ वर्ग कि.मि.रहेको रहेको छ।भूमि उपयोगका हिसाव
ले कूल भूमि ५३६८६.२१ हेक्टर मध्य वन क्षेत्र १९९९७ हेक्टर,कृषि भूमि २४१९७ हेक्टर,प्रति,वुट्यान,भवन,
वाटोघाटो,भीर पाखा खोलाले ढाकेको जमिन १५१८ हेक्टर रहेको छ ।
राजनीतिक विभाजन
राजनीतिक विभाजन अनुसार यस जिल्लालाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र १,प्रदेश सभा निर्वाचन क्षेत्र २ वटा क्षेत्र,२ वटा नगरपालिका ,५ वटा गाउंपालिका र ६२ वडामा विभाजन गरिएको छ।स्थानीय तह निर्वाचन २०७९अनुसार कुश्मानगरपालिकामा ३१३२४,जलजला गाउंपालिका १६३९८,मोदी गाउंपालिका
१९६७७,पैयौं गाउंपालिका ११६२९, महाशिला गाउपालिका ८२३७ विहादी गाउंपालिकामा मतदाता रहेका छन।प्रदेश अनुसार क्षेत्र नं.१ मा ६७३९९ र २मा ५४५९१ जना मतदाता रहेका छन ।
जनसंख्या :
पर्वत जिल्लाको जनसंख्या वृध्दि विगतका तुलनामा घटीरहेको छ।पर्वत जिल्लामा जनसंख्या वृध्दि दर (-०.९६)रहेको छ।२०६८सालमा १४६५९० जनसंख्या रहेकोमा २०७८ सालमा १३२७०३ जनसंख्या रहेको छ।पालिका अनुसार विहादी१२५२१,जलजला २१३७५, कुश्मा ३८७७४,महाशिला८२३३, मोदी १८०१८, पैंयु १२७०५ र फलेवास २०७२६ जनसंख्या रहेको छ।

लेखक

लेखक

धार्मिक र पर्यटकीय स्थलहरु
कुनै समयमा who’s more mobilize he is more civilized भन्ने गरिन्थ्यो।प्राचिन समयमा पैदल र घोड़ागाड़ीका माध्यमले विग्विजय हासिल गर्ने गरिन्थ्यो।भर्मण,देशाटन,भिक्षाटनका माध्यमले देशदेशावर घुम्ने,विजय प्राप्त गर्ने,मनोरंजन लिने,व्यपार गर्ने,हावापानी फेर्ने,दील वहलाउने,देशको सिमा विस्तार गर्ने,पुण्य कमाउने र विद्या आर्जन गर्ने गरिन्थ्यो ।तर हाल आएर यस भंदा फरक स्वदेश र विदेशवाट घुम्न
आएका पाहुनाहरुलाई वास,गास,मनोरंजन,आवश्यक स्थानीय समान उपलव्ध गराउने,सुरक्षा प्रदान गर्ने र
आवश्यकता अनुसारका सेवा उपलव्ध गराए वापत विभिन्न शुल्क,भाडा,पारिश्रमिक ,मुल्यका माध्यमले आम्दानी प्राप्त गर्ने उदेश्यले संचालन गरिएका व्यवशायलाई पर्यटन व्यवशाय भनिन्छ।घुम्न आउनेलाई पर्यटक र यस्तो कार्यलाई पर्यटन भनिन्छ।पर्वत जिल्लाका जस्तै भौगोलिक ,हावापानी,भूवनावट,धार्मिक स्थल,जातीय विविधतायुक्त भेषभूषा रहनसहन भाषा पोशाक ,जैविक विविधताका आधरमा युरोप,अमेरि
का र हाम्रा छिमेकी देश चीन र भारतले पर्यटन व्यवशाय संचालन गरेर प्रशस्त आम्दानी गर्ने गरेका छन।त्यहांको राष्ट्रीय आयमा पर्यटन व्यवशायको महत्वपूर्ण योगदान रहेको छ।यस वर्षवाट वन्ने स्थानीय तहको माध्यमले आउने सरकार तथा प्रदेश र संघले पनि दिगो ग्रामिण विकासका आफ्नो योजना निर्माण र राज्यकोषको लगानी वढाएर विकासको ढोका खोल्न सफल हुने छन।देहरादून ,मनसुरी,नैनीताल,भुटान,
सिक्किम ,सिंगापुर ,थाईलैंडको जस्तै विश्वका प्रमुख हिलस्टेसन जस्तै पर्वतका विभिन्न पालिकाहरुले पनि स्वदेश तथा परदेशवाट पर्यटक आकर्षित गरी सुविधाको आय आर्जन गरी आफ्ना पालिकाको वसाई सराई र वैदेशिक पलायन रोकी सुखी,खुशी समुन्नत र सुन्दर पर्वत निर्माण गर्ने छन।जनसंख्या विकर्षणका कारण २०६८ र २०७८को नकारात्मक वृध्दीलाई रोकी पर्वत जिल्लालाई वसाईसराईको गन्तव्य जिल्ला र पालिका वनाउन सफल रहने छन। मैले जानेका र सुनेका पर्वत धार्मिक र पर्यटकीय स्थलका वारेमा विकास गर्न सकिने केहि स्थलका वारेमा छोटो परिचय गराउने जमर्को यस लेखमा गरिएको छ।
उच्चलेकहरू


जलजलाको हम्पाल लेक,पंचासेको लेक,डहरेको लेक,चिसापानीको लेक,गोर्ल्यांगको लेक आदि पर्वत जिल्लाका ज्यादै महत्वपूर्ण लेकहरु हुन।यी लेकहरु जाडो याममा ढपक्कै हिउंले ढाकिने,विभिन्न प्रजातीका रुख़ ,झाडी,वुट्यान,वुकी,अजंवरी जडीवुटी,विभिन्न प्रजातीय चराचुरुगी,रंगी विरंगी फुल, विभिन्न प्रजातीय घर्सने,उड्ने,फड्कने सर्प किरा फट्याग्रा,जुका,मुसा,भ्यागुताका प्रजातीहरु संसारका वैज्ञानिकहरुका अध्ययन,अनुसंधानका विषय वस्तु छन ।यिनिहरुको प्रचारप्रसार गरी ध्यान आकर्षण गर्न सकिन्छ।यस वाहेक दुर्लुंगकोट,भवरकोट,धुवांकोट,पैयौंकोट आदि जस्ता पुराना अग्लो ठाउमा रहेका कोट र तत्कालिन समयमा रणनीतिक महत्व,भौगोलिक,जैविक र पर्यावरणीय /पारिस्थितिकी दृष्टिकोणले पनि महत्व राख्ने कैयौं स्थलहरु वर्तमान जिज्ञांसु पुस्ताका ओझेल परेका ठाउको अध्ययन ,अनुसंधानका लागि खुल्ला गर्न सकिन्छ।
धार्मिकस्थलहरु:
पर्वत जिल्लाका विभिन्न स्थानहरुमा वैदिक,महाभारत,रामायण काल देखिका ऐतिहासिक र धार्मिक महत्व वोकेका धार्मिक स्थल,मठ मंदीर,गुफाहरु रहेका भए पनि तिनिहरु हालसंम ओझेलमा परेका छन।खाँचों र साहस तिनिहरुको योजनावध्द विकास प्रचार प्रसार गर्ने अगुवाहरुको खाँचों छ।आसा गरौं काशी ,गया ,वद्रीनाथ,केदारनाथ ,देवघाट,वराह क्षेत्र ,स्वर्गद्वारी,पशुपति नाथको महत्व वोकेका पर्वतका केहि धार्मिक स्थलहरु यस प्रकार छन:
१)सेतीवेणी:पर्वत जिल्लाको सवै भंदा होचो ठाउं,पर्वत,स्याँगजा र गुल्मी जिल्लाको संगमस्थल र पवित्र कालीगण्डकि र सेती नदीको संगमस्थलमा अवतरित शालिग्राम शिला विश्वकै ठुलो शालिग्राम हो।


यस शिलामा विशेष गरी माघे सक्रांन्तिमा गंगा स्नान गरी शिलाको प्रदर्क्षणा,पूजा अर्चनाका लागि पर्वत,श्याँगजा,गुल्मी,वागलुग र म्याग्दीका भक्तजनको ठुलो भीड लाग्छ।काली गण्डकी जल विद्युत केन्द्रमा वनेको जलाशयमा संचालित स्टीमरमा जलविचरण र मोटर वाटो निर्माणवाट सेतीवेणी जोडीएकोले यसको महत्व अझै वढेको छ।यो शालिग्राम शिला चक्रलाई साक्षात विष्णु भगवानका रुपमा लिईन्छ।यो शिला सत्ययुगमा माघ महिनामा शुक्लपक्षको एकादशीका दिन वुधवार स्वाती नक्षत्रका दिन महोदधी
शुभमूहुर्तमा यसको रचना भएको धार्मिक मान्यता रहेको छ।(अग्निपुराण )यो तीर्थस्थल हालको विहादी गाउपालिकामा पर्दछ।
२)महाशिला:

पहिला पहिला मेहल ढुंगाको नामले परिचित यो शिलालाई हाल केहि वर्ष यता महाशिला भन्ने गरिन्छ।यही शिलाको नामवाट गाउंपालिका र क्याम्पसको पनि नामाकरण गरिएको छ।महाशिला गाउपालिक वार्ड नं.५ पाखापानीमा रहेको महाशिला शुरुमा धुवांकोटमा रहेको थियो र पछि सरेर हालको स्थानमा आएको मानिन्छ।यस शिलाको संवन्ध आदिदेव महादेवसंग रहेको मानि वालाचतुर्द
शि,एकादशीमा पुजाआजा मेला भर्ने काम गरिन्छ।हाल गाउंपालिकाले महाशिला संरक्षण समिति गठन गरेर यसको प्रचारप्रसार, निर्माण र संरक्षणको काम गरिरहेको छ। शिवजीको मुर्ती,वरिपरि प्रदर्क्षिणा मार्ग स्नानका लागि १०८ धारा,वृदाश्रम,आदि विभिन्न निर्माणका कार्य र सडक संजालसंग जोड्ने काम भई रहेको छ।यो शिलालाई एशिया कै महान शीलाका रुपमा लिईएको छ।वर्तमानमा हेर्दा यसको नजिकमा
कमजोर खहरे खोला,कमजोर भौगर्भिक वनावट,शिलाको कम गहिराई र शिला आफै विभिन्न चिरामा विभाजित रहेको हुनाले फेरी नसहर्ला ,विभिन्न टुक्रामा विभाजित नहोला भन्न सकिंदैन ।त्यसैले संरक्षण समितिले यस तर्फ विशेष ख्याल गरिनु पर्छ।यसको नजिकमा डोजर,एक्साभेटर चलाउंदा,ठुला र वढी भारवहान गाडी चलाउन पूर्ण रोक लगाउन जरुरी छ।केहि समय पूर्व महाशिलावाट काठमांडू वस्ने वौध्दिक
जमातले यसको संरक्षणमा जोड दिनुका साथै विश्व संपदा सूचीमा सुचीकृत गर्न नेपाल सरकारलाई अनुरोध गर्नु पर्ने सुझाव समेत दिएको थियो।यसले गर्दा यसको धार्मिकका साथै पर्यटकीय र अन्य अध्ययन र अनुसंधानको ढोका खुल्ने देशभरी र वाहिरी विश्वको ध्यान जाने थियो।स्थानीय पालिकाले प्रदेश र संघ सरकारको ध्यान यस तर्फ आकर्षित गर्नु जरुरी छ।
३)मोदीवेणी(मदीमूनी):

कुश्मा नगरपालिकाको कुश्मा वजारको तल पवित्र कालीगंडकी र मोदी नदीको संगम स्थलमा पारलौकिक रुपमा वनेको वेणीमा मदीमुनी धार्मिक स्थल रहेको छ।यसमा कालीगंडकी दर्शन,स्नानको महत्व त छदै छ त्यसमा पनि स्वम उत्पन्न नृसिंह भगवानको विशाल विग्रह मूर्ति,प्रसिद्ध लक्ष्मीनारायणको मंदीर, शिव मंदीर, चौसट्ठी शिवलिंग ,प्रशस्तै देवि देवताका मंदीरहरु,सवैमा हुने दैनिक साँझ विहानमा हुने वैदिक विधि अनुसारका पूजा पाठ,योगी साधु संत सन्यासी असहाय असक्तहरुका लागि आवास,भोजनको नित्य व्यवश्था ,दैनिक हुने प्रवचनले यस क्षेत्रको महत्व अझ वढेको छ। एकादशी,औसी लगायतका विभिन्न पर्व,चाड उत्सवमा हुने भक्तजनको आगमनले यसको महत्व अझ वढेको छ।यसको नजिकै को स्मसान घाटमा टाढा टाढा वाट लास ल्याएर जलाउने,समाधिष्त गर्ने,अस्तु विसर्जन गर्ने कार्यले पनि यसको महत्व वढाएको छ।हाल आएर सडक संजाल,संचारको विकासले यसको धार्मिक महत्व वढेको छ ,खाँचों राष्ट्रीय र अन्तरराष्ट्रीयकरण गरी धार्मिक पर्यटनको विकास गराउन कुष्मानगरपालिकाको भुमिकाको छ।
४)कालॉजार क्षेत्र :

राहुघाट खोलाको नजिक हम्पालको लेकको काखमा कालॉजार तीर्थ रहेको छ।यो म्याग्दीको उत्तरी भेक,दुर्लुंग डाडा देखि पश्चिम,कृष्णगण्डकी देखि उत्तर,मुस्तांग जिल्लाको सिमा दक्षिणमा
घनघोर जंगल,विभिन्न प्रजातीका चराचुरुंगी,जंगली जनावर,अजंवरी विभिन्न जडीवुटी ,धेरै फूल फूल्ने र नफूल्ने विरुवा,विभिन्न सर्प,विच्छी,छेपारा,फट्ट्यांग्र,भ्यागुता पाईने पानी जमिनमा सधै जलजलपूर्ण हुने लेक फैलिएको छ।विष्णु भगवानले आफ्ना पत्नि लक्ष्मी र सरस्वतिको झगडा सधै भई रहने हुनाले १ दिनका लागि कालांजार नामको जंगलमा जाउ भनी श्राप दिएकाले १ दिन यहीं आएकी(अग्नि पुराण),
भगवान शिवले पार्वतीलाई विवाह गरी कैलास लैजाने क्रममा केहि दिन यही विताएको,मार्कण्डेय ऋषिले
तपस्या गरेको,पुलस्त्य ऋषिले कुनै समय यही रहेर कार्तिक महिनामा गंगा नदी स्नान गरेको,शिव तथा भरत राजाले यही जंगलमा मृगको रुप धारण गरी क्रिडा गरेको, आदि भनाईहरु कालांजार क्षेत्रसंग जोडी
एका हुनाले यस क्षेत्रको धार्मिक र ऐतिहासिक महिमा ठुलो रहेको छ।यसै क्षेत्रको नामवाट एउटा गाउपालिका को नाम नै जलजला रहेको छ।धेरै लामो समयसंम ओझेलमा परेको यस क्षेत्रमा हाल शिव
मंदीर,शक्ति मंदीर,तीर्थयात्रीका लागि निवास स्थान,विश्रामस्थल,जपतप,तपस्या गर्ने ठाउ आदिको प्रवन्ध
गरिएको छ।अव जलजला गाउंपालिकाले यहांको जैविक एवं प्राचिन धार्मिक ईतिहासको अध्ययन अनुसंधान ,गुरु योजना निर्माण गरी वद्रीनाथ,केदारनाथ,स्वर्गद्वारी, पाथीभरा जस्तै आकर्षक धार्मिक पर्यटनको विकास गर्न प्रदेश र संघ सरकारको ध्यान आकर्षित गर्न जरुरी छ।
५)गुप्तेश्वर गुफा:

कुश्मा नगरपालिका तल र कालीगण्डकी भन्दा करिव ५००मिटर टाढा करिव ७००मि. लम्वाई र सात तला भएको यस गुफामा कुनै समयमा पार्वतीले शिव पति पाउनका लागि गुफा भित्र वसी कठोर तपस्या गरेकी थिइन र त्यस्तै गरी पाँच पाण्डवहरु दौर्पदी सहित यही गुफामा गुप्तवास
वसेका थिए भन्ने किंवदन्तीहरु प्रचलित रहेको हुनाले यस गुफाको ऐतिहासिक र धार्मिक महत्व रहेको छ। यस गुफा भित्र शिवका दशौं पाउहरु,महाकाली,महालक्ष्मी र सरस्वतीका मूर्तिहरु, शिव पंचांग,नाग र पाँच पाण्डवका मूर्तीहरु,३३ कोटी देव देवताका मूर्तीहरु,कहिं सभा वसेका चित्रहरु देखिन्छन ।हुन त भौगोलिक
रुपमा यो क्षेत्र चुनढुंगा,जिप्सम,डोलोमाईट वाट निर्मित छ।हजारौ लाखौ वर्ष देखि भुमिगत जलको क्षयीकरण क्रियाको फलस्वरूप यस गुफा र यहाँ भित्र देखिने आकृतिहरु वनेका हुन।हाल पनि यस गुफामा प्रवेश गरे पछि पानीको छांगो खसेको आवाज सुनिन्छ।युरोपमा यस्ता क्षेत्र प्रशस्त रहेका छन,यसलाईKarst region भनिन्छ।अव स्थानीय र प्रदेश सरकारले यसको अध्ययन,अनुसंधानको जिम्मा लिनु पर्छ।युरोपको karst region मा पर्यटन उद्योगको विकास भएको छ।त्यसैले पोखराका गुफाहरुमा आन्तरिक र वाह्य पर्यटकको घुईचो लागे झै यसमा पनि लाग्ने वातावरण सृजना गर्नु पर्दछ।
माथि उल्लेखित वाहेक त्रिवेणीको नाग साहेव,चिसापानी देवी,कामधेनु मंदीर,सतीदह,सती सत्यदेवी
शिव मंदीर,पार्वती गुफा,सहस्रधारा, शक्लेश्वर शिवमंदिर ,गलेश्वर राम मंदीर, भुमे ठाकुर तथा वराह क्षेत्र,गोपाल गौशाला,आदि जस्ता साना ठुला धार्मिक स्थल र मठ मंदीर सवैलाई समेटेर समग्र जिल्लाको पर्यटन गुरुयोजना निर्माण गरी कार्गयान्वयन गरिनु जरुरी छ।यस जिल्लाको पश्चिमी खण्डवाट वग्ने भगवान विष्णुको गण्डस्थानवाट निस्केको पसिना जम्मा भएर मुक्तिनाथका १०८ धारा र धाराको पानी लगायत समेटेर वग्ने मुस्तांग खोला र तिव्वतमा उत्पत्ति भएर वगेको काग खोला कागवेनीमा मिले पछि वन्ने काली गण्डकी र विश्वमा शालिग्राम शिला पाईने नदीको महत्व मात्र वुझाउन सक्नु पर्छ।पर्वत जिल्ला विश्व कै पर्यटकका लागि प्रमुख गन्तव्य स्थान वन्न सक्छ।

महाशिला ५ लुंखु, हाल भरतपुर चितवन

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन -यस्तो छ बिबादको कारण

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख