देउवालाई ओलीको प्रश्न : आफ्नो भूमिबारे नबोल्ने यो भन्दा कायरता के हुन्छ?

काठमाडौँ/प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले भारतद्वारा मिचिएको भूमि फिर्ता ल्याउन चासो नदिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवामाथि प्रश्न उठाएका छन्।

सरकारको नीति तथा कार्यक्रमबारे बिहीबार बसेको संसद बैठकमा टिप्पणी गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘मेरो नेतृत्वको सरकारले भारतद्वारा मिचिएको भूमिको नक्सा जारी गरेको थियो। हामीले उक्त भूमि फिर्ता ल्याउन पहल पनि गरेका थियौँ’, उनले भने, ‘तर यो सरकरको नीति तथा कार्यक्रममा त्यसबारे केही बोलिएन। यो भन्दा कायरता के हुन्छ?’

उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि हो भन्न नसकेको भन्दै गठबन्धनमाथि प्रश्न उठाए। ‘आफ्नो भूमिबारे यो सरकार किन बोल्न सक्दैन। नेपालको भूमि नेपालको हो भन्न सक्नु हुन्न भने उक्त भूमि ल्याउन सक्नु हुन्न भने राष्ट्रिय हित र भूमिको रक्षा गर्न सक्नु हुन्न भने के हो सरकारको नेतृत्व?’

आफ्नो भूमिबारे बोल्न नसक्ने सरकारमाथि प्रश्न उठाउँदै उनले राष्ट्रियताको रक्षाको जिम्मा प्रतिपक्षले लिनुपर्ने भन्दै कटाक्ष गरे।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’