संघीय र प्रदेश चुनाबमा बामपन्थी गठबन्धन-अबको आबश्यकता

-टंकनाथ सुबेदी
स्थानीय निर्वाचन ,२०७९र आगामी निकट भविष्यमा आउदै गरेको प्रदेश तथा संघिय चुनाव को लेखाजोखा गर्न मन लाग्यो । फुटको असर एमाले लाइ, किन फुट्यो,रगठवन्धन भयो र एसको असर पनि एमाले लाइ ।। पाटीै फुट्दा एमाले लाइ घाटा निर्वाचन ले देखायो ,के अव अर्कै पाटि खोलिसकेका माधवकुमार नेपाल, झलनाथ लाइ दोष दिएर केपि ओली पन्छिन मिल्ला ? २७ देखि २८ प्रतिसत मत सहित छन भनेर चित्त बुझाउन सक्ने कि ०७४ सालको जस्तो सानदार उपलब्धिको बाटो रोज्ने? मुख्य कुरा यो नै भयो ।
दोस्रो कोरोना रोग साधारण नै हो तर एमालेका लागि आन्तरिक घात गरिएको छ । यो पनि नेकपा एमाले पुरै नफुटिसकेको एउटा अवस्था हो भने अर्को अवस्था सक्षम ब्यक्तिलाई पराजित गर्दै आंफु अगाडि आउने तिकडम प्रयोग भएको हो । यो वा त्यो ब्यक्ति अहिले नै नभनौ किनकी केही महिना पछि प्रदेश तथा संघिय चुनाव हुदै छ त्यहां सम्म अन्तिम धैर्यता गर्नु पर्ने छ, सवै कम्युनिष्ट आस्थाका वा बामपन्थी लाईनका शुभचिन्तक हरुले । किनकी फेरि नेकर्पा एमाले सहित वामपन्थी सबै एक भएर संघिय चुनावमा जानसक्ने झिनो आशा छ र स्थानीय निर्वाचन परिणामले ब्यापक दवाव दिएको छ । न स्थानीय चुनावको नतिजा केपिलाइ चित्त बुझ्यो, न प्रचन्ड लाई चित्त बुझ्यो र न माधवकुमार नेपाललाइ नै चित्त बुझ्यो । अनि बाबुराम भट्टराई र उपेन्द्र यादवहरुलाई पनि स्थानीय निर्वाचनको परिणाम आश गरेजस्तो पक्कै भएको छैन । उपरोक्त बिषयलाई लेखाजोखा गर्दा आगामी निर्वाचनमा सवै कम्युनिष्ट एकता वा कार्यगत एकता वा चुनावी तालमेल गरेर जानुपर्ने जनताले वा मतदाताले मागेको बिकल्प हुनसक्छ । यदि यी माथिका कुनै पनि बिकल्पमा माथि उल्लेखित गरिएका पाटीै ,ब्यक्तिको पुनर्मिलन भएन भने अहिलेको मत प्रतिशत नेकपा एमाले, माओवादी,र एकीकृत नेकपा समाजवादी र अन्य कम्युनिष्ट घटक वा बामपन्थीहरुको जनमत आधाले घटेर जानेछ । यसको फाइदा नेपाली कांग्रेसले सुती सुती लिँदै प्रदेश तथा संघिय चुनावमा स्पष्ट बहुमत ल्याउने छ । यसको असर २०४८ मागेको निर्वाचन परिणाम जस्तो कांग्रेसको पोल्टामा जाने निश्चित छ । यसरी अगाडि बढाउन घमन्ड गर्ने जुन सुकै कम्युनिष्ट नेताले चुके भने म जस्ता लाखौं मतदाता कार्यकर्ता र नेताले समेत साथ दिन नसकिने आत्म निर्णय गर्नेछन ।
यस्ता विष्लेषण सधैं आउने गरेको भएतापनि अव ब्यवस्था फेर्ने आन्दोलन गर्न आवाज उठाउने पार्टी यो देशमा छैनन् किनकि गणतन्त्र नै सबैको साझा एजेन्डा हो थियो यो सफल होस् या असफल पुरा भैसकेको परिस्थिति छ । यी सवै तर्फको निचोड के हो भने माथि उल्लेख गरिए अनुसार आगामी निर्वाचनमा एकता कार्यगत एकता वा चुनावी एकता तीन ओटै विकल्पमा नेता र नेतृत्व ले गरेन भने संघिय चुनावमा कम्युनिष्टहरु, बामपन्थीहरुलाई देशमा कुनै पनि स्थानको अपेक्षा नगर्न सुझाव सल्लाह टक्र्याउन चाहन्छु । संघिय चुनाव पछि म जस्ता कम्युनिष्ट भएर जन्मेकाहरु कम्युनिष्ट पार्टीमा देख्न गार्हो पर्नेछ । बेलैमा सचेत रहनुहोला कम्युनिष्ट नेताहरु र विषेश गरि एमाले का नेता र बिषेश गरि के पी ओली जि , प्रचन्ड जि माधव नेपाल जि र अन्य कम्युनिष्टजि हरू
जय मातृभूमि
कुस्मा, खरेहा पर्वत

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ