पर्वतमा माओबादी केन्दले जित्यो दुई उपाध्यक्ष र वडा अध्यक्ष, जिल्ला संयोजक वडा सदस्य मै पराजित

पर्वत/नेपाली कांग्रेस संग गठबन्धन गरेर चुनाबमा होमिएको नेकपा माओबादी केन्द्रले पर्वतमा दुई उपाध्यक्ष र दुई जना वडा अध्यक्ष जितेको छ ।

गठबन्धनमा सामेल माओबादी केन्द्रका उमेदवारले फलेबास नगरपालिका र जलजला गाउँपालिकामा उपाध्यक्ष जितेको हो ।

फलेबासमा माओबादी केन्द्रकी शोभा क्षेत्री र जलजलामा दिपक आचार्य उपाध्यक्षमा बिजयी भएका छन । क्षेत्रीले एमालेकी उमेदवार मञ्जु अधिकारी र आचार्यले एमालेकै उमेदवार सुनिता जिसीलाई पराजित गर्दै उपाध्यक्ष पदमा बिजय हुन सफल भएका हुन ।
माओबादी केन्द्रका तर्फबाट जलजलाको वडा नं ७ मा तुंगनाथ उपाध्याय र वडा नं९ मा गौबहादुर पुन वडा अध्यक्षमा बिजयी भएका छन । दुबै वडा अध्यक्ष दोस्रो कार्यकालका लागि चुनिएका हुन ।
यसैगरी वडा सदस्यमा प्रतिष्पर्धा गरेका माओबादी केन्द्रका जिल्ला संयोजक केशब कुवँर सृजनशिल  भने पराजित भएका छन । कुस्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीमा गठबन्धनबाट वडा सदस्यमा उमेदवार भएका कुवँर एमालेका उमेदवार संग पराजित भएका हुन । गठबन्धनबाट जिल्ला समन्वय समितिको प्रमुख बन्ने योजनामा रहेका कुवँर सदस्यमा नै पराजित उनका लागि समन्वय समितिको बाटो बन्द भएको छ ।
माओबादी केन्द्रबाट वडा अध्यक्षमा उमेदवार रहेका पैयु गाउँपालिकाका दुई वडा अध्यक्ष समेत पराजित भैसकेका छन भने मोदी गाउँपालिकामा अध्यक्ष पदमा उमेदवार रहेका गुप्तबहादुर ठकुरी एमालेका उमेदवार भन्दा पछाडी छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागकाे आग्रह