पर्वतको जलजलाको अध्यक्षमा गठबन्धनका उम्मेदवार राजु आचार्य विजयी

पर्वत/पर्वतको जलजला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार राजु आचार्य विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई फराकिलो मतअन्तरले पछाडी पार्दै आचार्य विजयी हुनुभएको हो । वडा नम्बर एक देखि ८ सम्म मतगणना सकिएको छ । जसमा आचार्य १०६४ मतले एमालेका उम्मेदवार अधिकारी भन्दा अगाडि हुनुहुन्छ । वडा नम्बर ९ बनौंमा एकहजार १३ मत खसेको छ । बनौको मतगणना सुरु भएको छ ।

अहिले सम्म नेपाली काँग्रेसका उम्मेदवार आचार्यले ५१५७ र नेकपा एमालेका उम्मेदवार अधिकारीले ४१२३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार सुनिता जिसी बरुवालले ४४६२ र गठबन्धनका तर्फबाट माओवादीका दिपक आचार्यले ४२६५ मत प्राप्त गर्नुभएको छ । बनौंको मत जसले बढी ल्याउछ उही उपाध्यक्षमा विजयी हुने संभावना छ ।

नेकपा एमालेले एक देखि ५ वडाका वडा अध्यक्ष सहित बहुमत गाउँसभा सदस्य जितेको छ । काँग्रेस ६ नम्बर वडा सालिजा र ८ नम्बर वडा नाग्लीबाङमा विजयी भएको छ । यस्तै ओवादीले ७ नम्बर वडा धाइरिङमा विजयी हासिल गरेको छ । बनौंमा नेपाली काँग्रेस र माओवादीका विच प्रतिस्पर्धा छ ।

 


सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’