पैयूमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमाले विजयी

पर्वत / जिल्लाको पैयू गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका उमेदवार तोरण मल्ल विजयी भएका छन भने उपाध्यक्ष एमालेकी यामकुमारी राना विजयी भएकी छिन् ।

गठबन्धनको तर्फबाट उठेका मल्लले एमालेका अध्यक्ष पदका उमेदवार महेन्द्र श्रेष्ठलाई हराउँदै अध्यक्ष पदमा विजयी भएका हु्न् । यसैगरी उपाध्यक्ष पदमा भने कांग्रेसकी जानुका प्रधानलाई हराउँदै एमालेकी यामकुमारी राना विजयी भएकी हुन् ।

उक्त गाउँपालिकामा भने एमालेले बहुमत बडाहरुमा जित निकालेको छ । वडा न २, ३, ४, ५ र ६ एमालेले जितेको छ भने वडा न १ र ७ मात्र कांग्रेसले जितेको छ । माओवादीको भने वडाहरु निल भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागकाे आग्रह