निर्वाचन परिणाम धमाधम-एमाले अघिअघि कांग्रेस पछिपछि

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को जारी मतगणनामा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले विगतको स्थानीय तह निर्वाचनको परिणाम उल्ट्याउने संकेत देखिएको छ ।

जारी मत गणनाको प्रारम्भिक नतिजामा कांग्रेस २०७४ को स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमालेलाई पछि पार्दै पहिलो दल बन्ने दौडमा अघि बढेको छ ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार कांग्रेस र एमालेबीचमा नै टक्कर देखिएको हो ।

आइतबार राति अबेरसम्मको परिणामअनुसार एमाले जिततर्फ पहिलो नम्बरमा छ । एमालेले १८ स्थानीय तहको प्रमुख÷अध्यक्षमा जित निकालेको छ । यस्तै, कांग्रेसले १४ स्थानीय तहमा प्रमुख÷अध्यक्षमा जित निकालेको छ । अग्रतामा भने कांग्रेस एमाले भन्दा धेरै अघि छ ।

प्रारम्भिक परिणामअनुसार १५ स्थानीय तहमा एमालेका उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भएका छन् । यसैगरी, कांग्रेसबाट २२ उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भइसकेका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका २ प्रमुख÷अध्यक्ष निर्वाचित हुँदा ३ उपप्रमुख÷उपाध्यक्ष निर्वाचित बनेका छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्रका १३ जना प्रमुख÷अध्यक्ष विजयी बन्दा ६ जना उम्मेदवार उपप्रमुख÷उपाध्यक्षतर्फ विजयी भएका छन् ।

यसैगरी, एमालेले १ सय ८५ स्थानीय तहमा अग्रता लिँदा कांग्रेसले २ सय ७८ स्थानीय तहमा अग्रता लिँदै एमालेलाई फराकिलो अंकमा पछि पारेको हो ।

यस्तै, माओवादी केन्द्र १ सय ८, जसपा नेपाल ३३, लोसपा १४ र नेकपा एकीकृत समाजवादीले १७ स्थानीय तहमा प्रमुख÷अध्यक्षतर्फ अग्रता लिइरहेका छन् ।

स्थानीय तह निर्वाचन २०७४ मा एमाले पहिलो शक्ति बनेको थियो । त्यसबखत कांग्रेस दोस्रो स्थानमा थियो । २०७४ मा स्थानीय तहमा १ सय २३ प्रमुख र १ सय ७१ अध्यक्ष गरी एमाले २ सय ९४ स्थानीय तहमा जित निकालेर पहिलो दल बनेको थियो ।

यसैगरी, १ सय ५ प्रमुख र १ सय ६१ अध्यक्षसहित २ सय ६६ स्थानीय तहमा जितेर स्थानीय तहम कांग्रेस दोस्रो दल बनेको थियो । यस्तै माओवादी केन्द्र ३४ प्रमुख तथा ७२ अध्यक्ष गरी १ सय ६ स्थानीय तहमा जितेर तेस्रो दल बनेको थियो ।

स्थानीय तहको नेतृत्व चयनका लागि गत ३० वैशाखमा भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार कायम छन् । तीमध्ये स्थानीय तहमा ३५ हजार २ सय २१ जना जनप्रतिनिधि पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् ।

स्थानीय तह निर्वाचनमा ६५ राजनीतिक दलले सहभागिता जनाएका छन् । निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता कायम थिए । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल निर्धारण गरेको थियो भने देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम थियो ।

स्थानीय तह निर्वाचनबाट ७ सय ५३ पालिकामध्ये २ सय ९३ मा नगर प्रमुख र ४ सय ६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।

यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् ।

कहाँ को विजयी ?
एमाले
रिङजिन नामगेल गुरुङ (वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ, अध्यक्ष)
कान्छा घले: (मनाङ ङिस्याङ गाउँपालिका, मनाङ, अध्यक्ष)
टसी न्हर्वु गुरुङ : (लोमन्थाङ गाउँपालिका, मुस्ताङ, अध्यक्ष)
लोकेन्द्रबहादुर घले : (चामे गाउँपालिका, मनाङ, अध्यक्ष)
लोप्साङ छोम्पेल विष्ट : (लो–घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ, अध्यक्ष )
धावा सम्डुक गुरुङ : शे फोक्सुण्डो गाउँपालिका, अध्यक्ष
प्रदीप गौचन : थासाङ गाउँपालिका, डोल्पा, अध्यक्ष
बेगप्रसाद गर्बुजा : मालिक गाउँपालिका, म्याग्दी, अध्यक्ष
प्रकाश ओझा : बौदीकाली गाउँपालिका, नवलपुर, अध्यक्ष
प्रकाशबहादुर रोकाया: थलारा गाउँपालिका, बझाङ, अध्यक्ष
मिग्माछिरि शेर्पा : खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु, अध्यक्ष
मानवीर बेहोरा : साइपाल गाउँपालिका बझाङ, अध्यक्ष
खिमनारायण मानन्धर : हरिनास गाउँपालिका, स्याङजा, अध्यक्ष
नरसिंह चौसरी : महामाली नगरपालिका, दार्चुला, प्रमुख
टोपबहादुर बिसी : गुराँस गाउँपालिका, अध्यक्ष
यादबबहादुर खापुङ : मेन्छयायम गाउँपालिका, अध्यक्ष
गोरखबहादुर चन्द : पञ्चेश्वर गाउँपालिका, अध्यक्ष
दीपेन्द्र सुनारी : बुलिङटार गाउँपालिका, अध्यक्ष

कांग्रेस
मोहन सिंह लालचन :घरपझोङ गाउँपालिका, मुस्ताङ, अध्यक्ष
इन्द्रबहादुर कार्की : गन्यापधुरा गाउँपालिका, डडेलधुरा, अध्यक्ष
कोन्जो तेन्जिङ लामा : नार्पा भूमि गाउँपालिका, मनाङ, अध्यक्ष
खिलध्वज पन्थी : रेसुंगा नगरपालिका, गुल्मी, प्रमुख
धनबहादुर गुरुङ : नार्सो गाउँपालिक, अध्यक्ष
जोकलाल बुढा : तमानखोला गाउँपालिका, अध्यक्ष
कर्णबहादुर रावल : खर्पुनाग गाउँपालिका, अध्यक्ष
मानबहादुर बुढाथोकी : कुमाख गाउँपालिका, अध्यक्ष
भरतबहादुर रोकाया : स्वामीकार्तिक खापर गाउँपालिका, अध्यक्ष
भिमबहादुर लिम्बु : सभापोखरी गउँपालिका, अध्यक्ष
मिनादेवी कार्की : लिखुपिके गाउँपालिका, अध्यक्ष
भैरबबहदुर साउद : बडीकेदार गाउपालिका, अध्यक्ष
सरोजकुमार थापा : गुल्मीदरबार गाउँपालिका, अध्यक्ष
कर्णसिंह साउद : शिवनाथ गाउँपालिका, अध्यक्ष

माओवादी केन्द्र
नारा सिं रोकाया : जगदुल्ला गाउँपालिका, डोल्पा, अध्यक्ष
दीपक देवकोटा : अजिकोटा गाउँपालिका, अध्यक्ष
छविराम सुवेदी : नौमुले गाउँपालिका
धनबहादुर विक : ताराखोला गाउँपालिका, अध्यक्ष
लालकेस जैसी : ताजाकोट गाउँपालिका, अध्यक्ष
अरुणादेवी राई: जन्तेढुंगा गाउँपालिका, अध्यक्ष
असिम राई : थुलुङ दुधकोसी गाउँपालिका, अध्यक्ष
ऋषिकेशव बुढाथोकी : थवाङ गाउँपालिका, अध्यक्ष
मेजरकुमार राई : लिम्बुचुम्बुङ गाउँपालिका, अध्यक्ष
भक्तसिंह ठेकरे : अपिहिमाल गाउँपालिका, अध्यक्ष
दलजीत सिंह धामी : नौगाढ गाउँपालिका अध्यक्ष
जमनसिंह धामी : मार्मा गाउँपालिका, अध्यक्ष
युवराज खत्री क्षेत्री : चन्द्रकोट गाउँपालिका, अध्यक्ष

एकीकृत समाजवादी
सेनाङ गुरुङ : छार्का ताङसोङ गाउँपालिका, डोल्पा
अंगदकुमार राना : काइके गाउँपालिका प्रमुख

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’