२५ वडाको मतपरिणाम सार्वजनिक, १८ वडाअध्यक्ष एमालेका, ७ वडाअध्यक्ष कांग्रेसका विजयी

पर्वत । हालसम्म पर्वत जिल्लाका कुल २५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार कुल १८ वडामा एमालेले जित निकालेको छ भने बाँकी ७ वडामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले जित निकालेका छ ।

यस अघि कांग्रेसले जितेको ठाउँमा एमाले र एमालेले जितेका ठाउँमा समेत कांग्रेसले जितेको छ । माओवादीले जितेको १ सिट गुमि सकेको छ । २०७४ सालमा माओवादीले जितेको ठाउँमा एमालेले जित निकालेको छ ।

हालसम्म घोषणा भएका वडाहरुको विवरण
एमालेको तर्फबाट विजयी वडाअध्यक्षहरु
१) जलजला गाउँपालिका वडा न १ बाँसखर्क
२) जलजला गाउँपालिका वडा न २ माझफाँट
३) जलजला गाउँपालिका वडा न ३ माझफाँट
४) जलजला गाउँपालका वडा न ४ माझफाँट
५) जलजला गाउँपालिका वडा न ५ लेकफाँट
६) महाशिला गाउँपालिका वडा न १ होश्राङदी
७) महाशिला गाउँपालका वडा न २ भोक्सिङ
८) महाशिला गाउँपालिका वडा न ३ बालाकोट
९) महाशिला गाउँपालिका वडा न ४ पाखापानी
१०) पैयू गाउँपालिका वडा न २ त्रिवेणी
११) पैयू गाउँपालिका वडा न ३ बेउलीबास
१२) पैयू गाउँपालिका वडा न ५ हुवास
१३) फलेवास नगरपालिका वडा न ११ पाङराङ
१४) फलेवास नगरपालिका वडा न २ थापाठाना
१५) विहादी गाउँपालिका वडा न १ बाच्छा
१६) मोदी गाउँपालिका वडा न १ भुकदेउराली
१७) मोदी गाउँपालिका वडा न २ देउपुर
१८) मोदी गाउँपालिका वडा न ३ देउराली

कांग्रेसको तर्फबाट विजयी वडाअध्यक्षहरु
१) पैयू गाउँपालिका वडा न १ टकलाक
२) जलजला गाउँपालिका वडा न ५ शालिजा
३) कुश्मा नगरपालिका वडा न १ पाङ
४) कुश्मा नगरपालिका वडा न १४ आर्थर
५) फलेवास नगरपालिका वडा न १ कार्किनेटा
६) फलेवास नगरपालिका वडा न १० कुर्घा
७) विहादी गाउँपालिका वडा न २ बर्राचौर

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागकाे आग्रह