म्याग्दीको मालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा विजयी

म्याग्दी/म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । आइतबार दिउसो सम्पन्न मतगणना अनुसार अध्यक्षमा बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा लक्ष्मि देवी पुन विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गर्बुजाले ३०९१ र उपाध्यक्षले ३१६७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार श्रीप्रसाद रोकाले २९७० र उपाध्यक्ष पिपला बुढाले ३१३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको गोविन्द उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार रेशम जुग्जालीले २१२५ र उपाध्यक्षका उम्मेदवार गौरी सेञ्चुरीले १७८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेसले वडा नम्बर १ मा टंक पुन, २ मा एमालेका उदयबहादुर वुढाथोकी, ३ मा माओवादीका मोतीप्रसाद बुढा, ४ मा काँग्रेसका भेजेन्द्रमान पुन,५ मा काँग्रेसका मिन पुन,६ मा एमालेका पथबहादुर रोका र ७ मा एमालेका टकबहादुर पुन विजयी हुनुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’