जलजला १ मा एमालेका वडा अध्यक्ष सहित प्यानल नै विजयी
पर्वत । नेकपा एमालेले पर्वत जिल्लाको जलजला गाउँपालिकामा पहिलो जीत निकालेको छ । जलजला गाउँपालिका वडा न १ बाँसखर्कमा वडा अध्यक्ष सहित सिंगो टिम नै एमालेका उमेदवार विजयी भएका छन् ।
अहिलेसम्म सार्वजनिक भएको पहिलो मत विवरणमा नै एमालेको जीत भएको हो । वडा अध्यक्ष जगबहादुर रोकाले २१९ मत ल्याउँदा गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवारले २०७ मत ल्याएका छन् ।
सो वडामा एमालेको अध्यक्ष र उपाध्यक्षको अग्रता छ ।