आर्थरडाँडाखर्क पुगेर गणेश शर्मा पौडेलले भने– ‘पन्ध्र वर्ष शिक्षक भएको आर्थरँसँग मेरो विशेष सम्वन्ध छ’

पर्वत/पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा नेकपा एमालेको चुनावी अभियान सम्पन्न भएको छ । आर्थर डाँडाखर्कका विभिन्न टोलमा पुगेर कोणसभा तथा घरदैलो गरिएको हो । सो अवसरमा बोल्दै एमालेवाट कुश्मा नगरपालिकाका मेयरका उम्मेदवार गणेश शर्मा पौडेलले आर्थर डाँडाखर्कसँग आफ्नो विशेष खालको सम्वन्ध रहेको बताउनुभयो । आफुले १५ वर्षसम्म पञ्चकोशी माविमा शिक्षक भएर सेवा गरेको बताउँदै आर्थरबासीले आफुलाई पुर्ण रुपमा भरोसा र विश्वास गरी मतदान गरेर बिजयी गराउने उहाँले बताउनुभयो । नगरपालिकाको केन्द्रदेखि टाढाको गाउँ भएकाले आफु बिजयी भएपछि विकास निर्माण र पूर्वाधारका कामहरु यहिवाट थालनी गर्ने उहाँको प्रतिवद्धता रहेको छ ।


आर्थरका सवै घरधुरीसँग आफु परिचित रहेको बताउँदै त्यहाँका आवश्यकताको पहिचान गरी आर्थर डाँडाखर्कलाई समृद्ध बनाउनका लागि विशेष प्राथमिकता दिएर लाग्ने उहाँको भनाई छ । कार्यक्रममा उपमेयरका उम्मेदवार स्वस्थानी रिजालले नगरपालिकाको विकास र समृद्धि, शिक्षा, स्वास्थ्य रोजगारी, सामाजिक सुरक्षा लगायतका काममा नागरिकले अनुभूति गर्नेगरी विकास गर्नका लागि एमालेका उम्मेदवारलाई बिजयी गराउन अपिल गर्नुभयो । सो अवसरमा नेकपा एमाले गण्डकी प्रदेश सचिबालय सदस्य मेघनाथ सुवेदी, मनोहर वि पौडेल, प्रदेश कमिटि सदस्य जुनादेवी नेपाली, दुर्गाप्रसाद शर्मा, अध्यक्षका उम्मेदवार लोकबहादुर गुरुङले बोल्नुभएको थियो । सो अवसरमा स्थानीय वासीका गुनासाहरु समाधान गर्ने जिम्मेवारी एमालेको काँधमा सुम्पिन समेत नेताहरुले आग्रह गर्नुभएको थियो । यसैगरी नेकपा एमाले मोदी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको चुनावी अभियान वडा नं. ८ चित्रेमा सम्पन्न भएको छ भने जलजला गाउँपालिकाको शालिजामा सम्पन्न भएको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल