घर बनाउँदै गरेको ठाउँमा खसेको पहिरोमा पुरिँदा दुई बालकको मृत्यु
जुम्ला/जुम्लाको तिलामा पहिरोमा पुरिएर दुईजना बालकको मृत्यु भएको छ। मृत्यु हुने दुबै बालक ती वर्ष उमेरका छन्।
तिला गाउँपालिका २ स्थित रणबहादुर बोहराका छोरा शिशिर र स्थानीय दलबहादुर राउतका छोरा हिमेशको परिहोमा परेर मृत्यु भएको छ।
रणबहादुरको घर बनाउँदै गरेको ठाउँमा खेलीरहेका बालकलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।
चन्दका अनुसार घरको जग खन्ने ठाउँमा खसेको पहिरोले दुबै बालकलाई पुरेको हो। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।