मैले सुनेको र भोगेको पर्वतको कम्युनिस्ट राजनीति

-रामप्रकाश अधिकारी

विषय प्रवेश

२२अप्रिल १९४९ मा एशियाको कम्युनिस्ट पार्टी मध्य सवै भन्दा कान्छो कम्युनिस्ट पार्टीका रुपमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।नेपालका दुई तिरका छिमेकी मध्य उत्तरको छिमेकी मुलुक चीनमा कम्युनिस्ट पार्टी स्थापना भएर त्यहाका किसान ,मजदुर,राष्ट्रीय पूजीपति वर्ग र देशभक्तहरुको संयुक्त आन्दोलन नयां जनवादी क्रान्ति सफल भई माओत्से तुँगको नेतृत्वमा साम्यवादी चिनको स्थापना संमका वाछिटाहरु नेपालमा पर्न नसकि भारत हुदै भारतीय कम्युनिस्ट पार्टीको राय सल्लाह र सहयोगमा मात्रै नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापनका सहयोग र कमिटी सदस्यका रुपमा भारतीय कम्युनिस्ट पार्टीका नेता अयोध्या प्रसाद सिंह नै रहेका थिए।उनि पछि नेकपाको प्रथम महाधिवेशन हुने वेला संम भारतीय कम्युनिस्ट पार्टीका अर्को नेता पनि रहेका थिए।पर्वत भोकसिंगका क. चित्र वहादुर गुरुंग के.आई.सिंहको विद्रोह र सिंह दरवार कव्जामा संलग्न भए पनि उन्ले चिनवाट राजालाई संवोधन गरी आममाफीका लागि विन्ति चढाएर नेपाल फर्किए पछि उनको कदमको विरोध गरी नेपाल कम्युनिस्ट पार्टीमा लागेर नेपाल कम्युनिस्ट पार्टी चौथो राष्ट्रीय संमेलनवाट क. चित्र वहादुर गुरुग नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटिको सदस्य भए पछि मात्रै पर्वत जिल्लामा नेकपाको विकास घनीभूत रुपमा भएको थियो।

पर्वत जिल्लाको अवस्थिति

अक्षांसीय फैलावटका हिसावले२८० ०० १९’देखि २८० २३’५९”सम्म र देशान्तरका हिसावले ८३० ३३’४०” पूर्वी देशान्तर देखि८३०४९’३०”पू,समुद्र सतहवाट ५२० मि.को उचाईको सेतिवेणी देखि ३३०९मि.को उच्चाईमा रहेको हम्पालको लेक सम्म जम्मा ४९४ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको छ।पूर्वमा कास्की र श्यांगजा,द.मा श्यांगजा र गुल्मी,प.मा गुल्मी,वाग्लुंग र म्याग्दी ,र उ.मा म्याग्दी जिल्लाको विचमा ५३६८३.२१ हेक्टर भुमिमा फैलिएको छ।गण्डकी प्रदेश,धौलागिरी अंचलमा पर्ने पर्वतको सदरमुकाम कुश्मा हो।राजनीतिक विभाजन अनुसार १ प्रतिनिधि सभा,२ प्रदेश सभा,२ नगरपालिका,५पालिका र ६२ वडामा विभाजन गरिएको छ।

पर्वत जिल्लाको पुरानो पुस्ताको नेतृत्व र भावी संकेत

हुन त पुरानो पुस्ताको नेतृत्वका वारेमा चर्चा गर्दा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको काल देखि नै विभिन्न विवाद र विभाजनको भुमरीमा पर्दै आएकोमा त्यसका वाछिटाहरु पर्वत जिल्लामा परेन भन्न सक्ने स्थिति छैन । विशेष गरी राजा महेन्द्रले २०१७सालमा जन निर्वाचित नेपाली कांग्रेसको जन निर्वाचित सरकारलाई वर्खास्त गरी निर्दलीय पंचायती व्यवश्थाको वीउ रोपेर जननिर्वाचित प्रम र राजाको कदमलाई समर्थन नगर्ने मंत्री र नेताहरुलाई सुन्दरी जलको जेलमा कोची सकेपछि पनि २/३को वहुमतवाट निर्वाचित सरकारले पनि केहि गर्न नसके पछि नेपाल कम्युनिस्ट पार्टी पनि दुई चिरामा विभाजित भयो ।तत्काल राजाको कु को समयमा मित्र राष्ट्र सोभियत रुसको भ्रमणमा रहेका पार्टी महासचिव केशरजंग रायमाझीले रुसवा नै वक्त्व्य निकाली राजाको कदमको समर्थन मात्र नगरी नेका सत्तामा वसी रहंदा सरकारले नै नेपाललाई भारतमा विलय गर्ने आसंका रहन्छ भने राजाले ईण्डोनेशियाको सुकार्नोले जस्तै राष्ट्र जोगाउन सक्दछन भन्ने भनाई उनको रह्यो ।केन्द्रीय कमिटिको वहुमतले पुष्पलाललाई हटाएर शुरु देखि संवैधानिक राजतन्त्रको पक्षधर मनमोहन अधिकारी र केशरजंग रायमाझीको पक्षको कव्जामा पार्टी जानाको कारण पनि खुल्न गयो। नेकपाको केन्द्रीय कमिटिको वहुमत केशरजंग रायमाझीको पक्षमा गयो भने अल्पमत पक्ष विघटित संसदको पुनर्स्थापन र यसको लागि नेकासंग मिलेर संयुक्त जन आन्दोलन गर्नु पर्छ भन्ने पुष्पलाल को पक्ष अल्पमतमा रहन गयो।यसको वाछिटाको असरवाट पर्वत जिल्ला पनि अक्षुतो रहेन।२०१९ सालको तेस्रो महाधिवेशनले तुलसीलाल अमात्य महासचिव रहने गरी नेकपालाई पुनर्गठन गरेर अगाडी वढाउने निर्णय गरे पनि पार्टीले खासै गति लिन सकेन।यसको असर पर्वतमा पनि खासै देखिएन।अन्तत २०२५सालमा नेकपाको चौथौ राष्ट्रीय संमेलन गरी क. पुष्पलाल नेकपा को महासचिव वन्नुका साथै नेपाली परिवेशको नौलो जनवादी कार्यक्रम तथा संयुक्त जनआन्दोलनको कार्यक्रम पारित भएपछि नेकपाले देशव्यापी रुपमा गति लिन थाल्यो ।यसको असर पर्वतमा पनि पर्यो।यस पछि लगत्तै क. विकास गौचन सचिव रहेको र जिल्ला कमिटिमा खड्ग वहादुर जंगली,भूपेन्द्र सिंह,दयालाल भूसाल,चिरंजीवी राज गुरु घराना,जुध्दजंग लामिछाने,चेत प्रसाद पंत खड्ग वहादुर गुरुग र केसि रहेको ९ सदस्य रहेको जिल्ला कमिटि वन्यो।यसपछि जिल्ला व्यापी ईलाका कमिटि र सेल कमिटि वन्न थाले। यसपछि यम घायलको नेतृत्वमा रुद्र प्रसाद दुखी,विनोद पौडेल,लाल वहादुर गुरुंग,रामप्रसाद घिमिरे, नारायणसिंह गुरुग,कुलचंद पाण्डे,रुद्रनाथ पौडेल र राम प्रसाद पौडेल रहेको जिल्ला कमिटि वन्यो।पार्टीले पंचायतका विरुध्द पर्चा छर्ने,जाली फटाहालाई कार्वाही गर्ने,विर्ता जग्गाका धान काटी किसानलाई वाड्ने,जाली तमसुक च्यात्ने,गाउं देखि जिल्ला पंचायतको निर्वाचनमा सहभागी हुने,जनपक्षीय काम गर्ने र पंचायतको भंडाफोर गर्ने कामहरु पनि भए ।२०२९ सालमा मनमोहन अधिकारी र मोहनविक्रम सिंह जेल वाट छुटे।मोहन विक्रम सिंहले चौम गरेपछि नौलो जनवादी कार्यक्रम मान्नेहरुका विचमा पनि विवाद भयो २०२८ सालमा झापा विद्रोह भयो।यसकै सेरोफेरोमा जिल्लाको चर्चित चुवा काण्ड भयो।जिल्लामा धरपकड़ र गिरफ़्तारी भए।नेकपा को केन्द्रीय कार्यलयले पर्वत जिल्ला कमिटि विघटन गर्यो।पछि २०३४ सालमा पुन यम घायलको नेतृत्वमा अंविका थैव,रामप्रकाश अधिकारी,रामप्रसाद पौडेल,खड्ग गुरुग,नारायण सिंह गुरुग रहेको पर्वत जिल्ला संपर्क समिति वन्यौ।२०३५ सालमा फेरी अविका थैव सचिव रहेको खड्ग वहादुर गुरुग,लाल वहादुर गुरुंग,अशोक यादव,रामहरी शर्मा,रामप्रकाश अधिकारी गणेश कुवर र तिलक पराजुली रहेको जिल्ला कमिटि वन्यो।तर २०३९ साल पछि पुष्पलाल समूह तितर-बितर भयो भने नेकपा मसाल र नेकपा मालेको वर्चस्व जिल्लामा कायम हुन गयो।२०४७ सालमा नेकपा(मार्क्सवादी ) र नेकपा (माले)को एकता भई नेकपा (एमाले) वनी सकेपछि नेकपा (एमाले) नेपाल कम्युनिस्ट नेकपाको मात्रै नभएर सवै दलको मियोका रुपमा देखिन गएको छ।अरु दल र त्यसमा पनि कम्युनिस्ट पार्टीहरुलाई आफ्नो अस्तित्व जोगाउन धौ धौ वनी रहेको छ।यदी अरुले नेकपा(एमाले) झै शान्तिपूर्ण खुला प्रतिष्प्रधाका माध्यमले जनमत जिती लोकपृय वन्ने मार्ग जनताको वहुदलीय जनवाद हुदै समाजवादमा पुग्ने सुन्दर वैज्ञानिक मार्ग चित्र नकोरे संम अन्य पार्टीहरुलाई आफ्नो अस्तित्व जोगाउन पनि संकट पार्ने कुरा तलको निर्वाचनको तथ्यांकले पनि स्पष्ट पार्दछ।देशभरी नेकपा (एमाले)का लोकपृय र जिल्लामा नेकपा(एमाले)का निर्वाचित जनप्रतिनिधिले जितेका पालिकाहरुका सुशासन र विकास निर्माणको प्रभाव वर्तमानमा नजितेका वडाहरुमा पर्ने निश्चित छ।तलको तथ्यांकीय प्रश्तुतीले यसैको संकेत गर्दछ।

२०७४ सालको प्रतिनिधि सभा तथा पालिका निर्वाचनमा प्रमुख दलले प्राप्त गरेको मत परिणाम

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले३१७३४९४, नेपाली कांग्रेसले ३१२८३८९ ,नेकपा (मा.के.)ले १३०३७२१,संघीय समाजवादी फ़ोरम ले ४७२२५४ र राजपा ले ४७०२०१ मत र अन्यले ९९६६८५ मत प्राप्त गरेका थिए ।त्यस्तै गरी पर्वतमाप्रतिनिधिसभा निर्वाचनमा नेकपाएमालेका प्रतिनिधिले ३९२७५ र नेकाका उमेदवारले२६८१८मत प्राप्त गरेका थिए । दलले प्राप्त गरेको मतको नतिजा भने अल्लि फरक रहेको छ। जसमा दलगत रुपमा नेकपा(एमाले)ले ३०९९९,नेका २५१९० र नेकपा माओवादी केंद्रले ६४५९मत प्राप्त गरेका थिए ।पर्वतमा दलगत रुपमा जिल्लाका सवै स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिका मा विजयी नेपाली कांग्रेसका मेयरले८०५७,नेकपा एमालेका मेयरका उमेदवारले ७२३९,नेकपा-मा.के.का उमेदवारले ११६३ मत,जलजला गांउपालिकाका नेपाली कांग्रेसका विजयी अध्यक्षले ३७०२३ मत,नेकपा एमालेका उमेदवारले३०७८ र नेकपा मा.के.का उमेदवारले
१९०२१ मत प्राप्त गरेका थिए ।पैयुगाउपालिकामा नेपाली कांग्रेसका विजयी उमेदवारले ३४३१ मत,नेकपा एमाले ले २४५४मत र नेकपा मा.के ले ४१८ मत,फलेवास नगरपालिका प्रमुखका नेकपा एमाले का विजयी उमेदवारले ६१०३ मत,नेका का उमेदवारले५७५५ मत र नेकपा मा के का मेयरका उमेदवारले ४१४ मत।महाशिला गाउंपालिकामा एमालेका विजयी उमेदवारले २४०५३ मत,नेकाका उमेदवारले २०१० मत र नेकपा मा.के का उमेदवारले १७०मत,मोदी गाउंपालिकामा नेकपा एमालेका विजयी उमेदवारले ५६४३,नेपाली कांग्रेसका अध्यक्षका उमेदवारले ३८१९ मत र नेकपा मा.के ले ७५० मत प्राप्त गरेका थिए।विहादी गाउंपालिकामा नेकपा एमालेका विजयी उमेदवारले २४२० मत नेका का उमेदवारले २२१७ र नेकपा मा. के. ले १०५८,मत प्राप्त गरेका थिए।यस तथ्यांकलाई हेर्दा जिल्लाको राजनीतिमा नेकपा एमाले र नेकपा मा.के. ले प्राप्त गरेको जनमतलाई जोडेको खंण्डमा मात्रै पनि सवै जिल्लाका पालिकाहरुमा यी दुईको वर्चस्व कायम हुने देखिन्छ।खाचो छ निष्ठा,जवाफदेहीता,पारदर्शिता,लक्ष्य र छलछाम रहित गन्तव्य समाजवादको ।यि दुई दल वाहेक नेकपा(विप्लव) नेकपा(वैद्य) नेकपा (माले) र जनता समाजवादीको पनि अवस्थित रहेको छ। यिनिहरु देश,जनता,जनजीविका,स्वाभिमान र राष्ट्र र राष्ट्रीयता प्रति सांच्चै समर्पित छन भने एकपटक सोचौं।गंभीर वनौ ।देश वास्तवमा संकटमा छ।नयां विहानीको प्रशव पीडामा सुन्दर र दुरगामी महत्वको निर्णयको घडीमा उभी रहेको छ।
महाशिला ५ घरेडीडाडा
हाल,
भरतपुर महानगरपालिका ११
मुक्तिनगर पावरहाउस चोक

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा