पर्वतको कुश्माबाट एक सय ३३ एम्पुल लागु औषध सहित एक जना पक्राउ

पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले एक सय ३३ एम्पुल लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्र अधिकारीका अनुसार पर्साको पर्सौनी गाउँपालिका–१ घर भई पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा बस्दै आएका २४ वर्षिय धिरेन्द्र ओझैयालाई सोमबार नियन्त्रणमा लिइएको हो।
ओझैयाले लागू औषधको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बस्दै आएको कोठाबाट नियन्त्रणमा लिएको हो। उनको साथबाट दुई एमएल परिमाणको ४५ एम्पुल फेनेरागन, दुई एमएल परिमाणको ४३ एम्पुल डाइजपाम र दुई एमएल परिमाणको ४५ एम्पुल नोफिन सहित पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए।
ओझैयाका विरुद्ध सोमबार नै ‘लागू औषध सम्बन्धी कसुर’ मा मुद्दा दर्ता गरेर अदालतबाट छ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल